जलवायु परिवर्तन सम्बन्धी ५ दिने तालिम सुर्खेतमा सुरु

फिल्को मिसन

भाद्रा ४,२०८०
सुर्खेत । जलवायु परिवर्तन सम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको विपद् जोखिम व्यवस्थापनसँग सम्बन्धित सुचना सम्प्रेशण विषयक क्षमता अभिवृद्धी तालिम सुरु भएको हो । ग्रिन रेजिलेन्ट एग्रिकल्चर प्रोडक्टिभ इकोसिस्टम (ग्रेभ) परियोजनाको आर्थिक सहयोगमा कर्णाली तिन जिल्ला र सुदूरपश्चिका चार जिल्लाका सञ्चारकर्मीहरु लाई सोमबार उक्त तालिम तिन दिन सम्म सन्चालन हुने छ ।
उक्त तालिममा सहजकर्ता राजेश घिमिरेका अनुसार पहिलो सेसनमा जलविद्युत परिवर्तनले हामी जस्तो देशमा दुर्गमा बस्तिमा बढि मारमा परेकोले मानिसहरु लाई सहि सुचना दिने कुरामा पत्रकारले आफनो भुमिका रहेको बताए । बेमौसमिय वर्षाका कारण क्षेति हुनसक्ने बताउँदै यस्ता प्राकृतिक घटना घट्नुमा जलवायु परिवर्तनको असरले बताए ।
पत्रकारले आफ्ना संचार माध्यमबाट जलवायु परिवर्तनका कारण कृषिका असर बारेमा किसाना लाई सजतकाता अपनाउँन् सुचना सम्प्रेषण गरेपछि क्षेति हुनबाट कम हुने बताए । यस्ता घटनामा त्रासको वातावरणमा हुने भएकाले सत्यतथ्य सुचना सम्प्रेषण होस भन्ने हेतुले उक्त तालिमको आयोजना गरिएको हो ।
कार्यक्रम कर्णाली र सुदूरपश्चिम प्रदेशका सुर्खेत, दैलेख, ढडेल्धुरा, हुम्ला, बाजुरा, डोटी र कैलालीमा कार्यरत सञ्चारकर्मी लक्षित गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस