आन्तरिक विशेष अभियानः कांग्रेस हुम्लाले पनि कार्यक्रम गर्ने

भक्त राज ऐडी

साउन २६, २०८०
सिमकोट । पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गत नेपाली कांग्रेस हुम्लाले जिल्लाका ७ वटै स्थानीय तहमा कार्यक्रम गर्ने भएको छ । देशव्यापी शुरु भएको अभियान जिल्लामा खार्पुनाथ गाउँपालिकाबाट शुरु भएको कांग्रेस हुम्ला सभापति मोहन विक्रम सिंहले बताउनु भयो छ ।
कांग्रेस हुम्लाले जिल्ला पार्टी कार्यालयमा प्रेस युनियनले पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाका ७ वटै स्थानीय तहमा आन्तरिक विशेष अभियान अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न लागिएको बताए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनद विष्टले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । अभियानका लागि कांग्रेसले देशभरीमा केन्द्रीय प्रतिनिधि परिचालन गरेको बताए । कांग्रेसलाई बलियो बनाउन र पाट
पार्टीमा गुटउपगुट भएको स्वीकार गर्दै विष्टले यो अभियानमा सबै पक्षका कुरा सुनेर यथार्थ प्रतिबेदन केन्द्रमा पेश गरिने बताए।


अभियान मार्फत कांग्रेस जनताको विचमा पुग्ने प्रदेश समितिका सदस्य तथा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावले बताउनुभयो । यो अभियानबाट पार्टीका विभिन्न संघ संगठनले पूर्णता समेत पाउने उहाँले बताउनुभयो । उहाँले अभियान अन्तर्गत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरु संग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको बताउनुभयो । स्थानीय सरकार संचालन, पार्टीको अभियान तथा जनजिविकासंग जोडिएका विषयमा जनप्रतिनिधिहरुसंग छलफलको कार्यक्रम राखिएको उहाँको भनाई छ । साथै अभियान मार्फत सेवा दल गठन गरिने छ । विभिन्न सेवामुलक काममा खटिने गरी तल्लो तहसम्म सेवा दल गठन गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा कांग्रेस उपसभापतिद्धय केलाश भण्डारी र वसन्त रोकायाको सहभागिता रहेको छ।

 

प्रतिक्रिया दिनुहोस