हुम्लामा बाढी पहिरोबाट एघार करोड बढीको क्षती

साउन २६,२०८०
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोबाट करिब ११ करोड भन्दा बढीको भौतिक क्षती भएको छ । साउन दोस्रो हप्ता देखि अविरल वर्षाको कारण सर्केगाड गाउँपालिका वडानं २,३,७,८ वडामा बाढी पहिरोले ११करोड ४९लाख ८९ हजार बराबरीको क्षेती भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।
सर्केगार्ड गाउँपालिका– ३ का वडा अध्यक्ष अकिल कार्कीलेका अनुसार बाढी पहिरोको कारण उनापानी गाउँमा क्षेती हुँदा २ करोड ३३ लाख १० हजार रुपियाँ क्षेती भएको बताएको बताए । बाढी पहिरोले धान लगाएको खेत, विद्युत, पानी घट्ट, खानेपानी, तातो पानीको मुहान र हिंडेन बाटो क्षेती पुर्याएको छ ।
अहिले सम्म प्रहरीको मुचुल्कामा क्षेतीको विवरणमा ८ वटा पशु चौपाया बेपत्ता,भएका, ९ वटा घर पूर्ण क्षती, ५ वटा घरमा आंसिक क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी बाढी पहिरोबाट क्षेती पुगेको अन्य विवरणमा २वटा गोठ, विद्यालय भवन दुई वटा, काठेपुल ४वटा, तातोपानीको मुहान, सडक, पानी घट्ट छ वटा, जलविधुत् पावरहाउस एक वटा, खानेपाली नहर कुलो आठ वटा, अन्य अन्नबाली लगाएको जग्गा आठ जनाको र धान लगाएको खेत १ सय १४ जनाको क्षेती पुगेको जनाएको छ। यो क्षती भएको विवरण वडा नम्बर २ को रिप, ३ को उनापानी, ६ को छ्यागी र ८ को राहदेबको रहेको छ। रिप गाउँको केही मात्र आएको अझै विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। बाढी पहिरोले क्षती पुर्याएको क्षेत्रमा जिल्लाबाट र माताहतका प्रहरी चौकीबाट गरि ४७१ जना प्रहरी खटिएका थिए। सो घटनाबाट मानवीय क्षती भने भएको थिएन।
साउन पहिलो दोस्रो सतादेखि भईरहेको अविरल वर्षाका कारण आएकोे बाढि पहिरोले सर्केगाड गाउँपालिकामा ठुलो धनजनको क्षती गरेको छ । अहिले सम्म मानवीय क्षती नभएयता पनि बाढी पहिरोले ११करोड भन्दा बढीको नोक्सान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । लागत संकलन जारी रहेकाले अझै बढ्न सक्ने छ । अहिले सम्मका घटनामा प्रहरी सम्बन्धीत स्थानीयतहका प्रहरी चौकीका सुरक्षाकर्मी पुगेर लागत संकलन भएको बताएको छ । अझै पनि अधिकाँस गाउँमा बस्ती जोखिममा रहेको बस्ती स्थानीयको गुनासो छ । वर्षा निरन्तर भईरहेकाले अपडेटेट हुन सक्ने घटनाको उद्धारका लागि सुरक्षाकर्मी तयारी अबस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।