रिप र उनपानी गाउँमा पहिराले विद्युत् सेवा अवरुद्ध

साउन १४,२०८०
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको ३ उनपानी र २को रिपगाड जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नहर,पावर हाउसमा लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो । सर्केगाड गाउँपालिका उनपानी,रिपमा पहिरोले नर सहित पावर हाउसमा क्षति पु¥याएपछि ६ सय १५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
विद्युत् सेवा अवरुद्ध भएसँगै उनपानी र रिपका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । गएको शुक्रबार साउन १२ गते राती वर्षासँगै झरेको बाढि पहिरोले नहर लगायत पावर हाउसमा क्षति पु¥याएको थियो । त्यसै दिनदेखि उक्त विद्युत् आयोजनाको विद्युत् सेवा रोकिएपछि नागरिक समस्यामा परेका हुन् ।
पहिरोले तातोपानी लघुजलविद्युत् उनपानी गाउँमा रहेको १८ किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै तिन सय ५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको सर्केगाड गाउँपालिका–३का वडाअध्यक्ष अकिल कार्किले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वडानं २ रिप गाउँमा पनि १५ किलोवाट क्षमताको रिपगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोले बगाउँदा
३ सय स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भएको बताए उनले भने, ’पहिरोले पावर हाउसमात्र नभई विद्युत् गृहको टर्वाइन, पाइप, नहर र भवन सबै बगाएको छ ।’ विद्युत् सेवा अवरुद्ध भएसँगै मोबाइल चार्ज गर्न, समेत समस्या भएको स्थानीयवासीले बताएका छन् ।
पहिरोले उनापानी खोलामा रहेका १० वटा पानीघट्ट, ३ सय ८० घरधुरीको खानेपानीको मुहान ट्यांकी र पाइपसमेत बगाएको छ । उनापानीखोलामा रहेका ६ वटा तातोपानीका कुण्ड, मार्सी धान रोपेका १ सय २० खेत पूर्णरुपमा क्षति गराएको वडाध्यक्ष कार्कीले बताए ।
समितिले भने वर्षा कम भएपछि मात्रै आयोजना मर्मतको काम गर्ने जनाएको छ । अहिले पनि निरन्तर पहिरो झरिरहेकाले तत्कालै नहर मर्मतको काम सम्भव नभएको बताएका छन।