सीमा सुरक्षा बैठक : नेपाली टोली हिल्सामा

मन्दिर सिंंह

साउन १०,२०८० बुधबार
हुम्ला । नेपाल र चीनको सीमा क्षेत्रको सुरक्षाका लागि नेपाली टोली हिल्सामा पुगेको छ । दुई देशका स्थानीय सुरक्षा निकायबीच बैठक हुने भएपछि वार्तामा दुवै पक्षबीच सीमा सुरक्षाका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल तय भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेले बताए ।
कोरोनापछि पहिलो पटक नियमित हुन लागेको उक्त बैठकमा सीमा सुरक्षासम्बन्धी सीमा सुरक्षाका विषयमा छलफल हुने भएको हो। दुई देशका प्रतिनिधिबीचको छलफलमा सीमामा हुने अवैध सामानको ओसारपसार र अवाञ्छित गतिविधि हुन नदिने, सीमास्तम्भको नियमित अनुगमन गर्ने, चीन र नेपाल विरुद्धका गतिविधि हुन नदिने लगायतका बिषय छलफल हुने प्रमुख जिल्ला अधिकारी पौडेले जानकारी दिए ।
उनले मानसरोवर–कैलाश तीर्थयात्रालाई सहज बनाउन पनि चिनियाँ टोलीसँग छलफल गरिने बताएको छ। चीनसको पुराङ काउण्टीको ताक्लाकोटमा दुई जिल्लाका स्थानीय सुरक्षा निकायबीच बिहीबार हुने सीमा सुरक्षा बैठकमा भाग लिन हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी पौडेलको टोली हिल्सामा पुगेको छ।
वर्षको एक पटक हुने सो बैठक कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा चार वर्ष लगातार हुन सकेको थिएन। कोरोनापछि वैशाख १८ गतेबाट हिल्सा नाका चीनले दुईतर्फी सञ्चालनमा ल्याउँदा दुई देशका स्थानीय सुरक्षा निकायबीच पहिलो बैठक हुन लागेको हो।
सीमा वार्ताका लागि प्रजिअ पौडेल सहित जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख ताक्लाकोट पुगेका हिल्सामा पुगेका छन । नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म र राष्ट्रिय अनुसन्धान प्रमुखको समेत टोलीमा सहभागी छन् ।
बैठकमा साझा सुझाव संकलन गरि व्यापारलाई सहज बनाउनुपर्ने, हुम्लावासीले सीमा पासका आधारमा मानसरोवर कैलाशको दर्शन गर्न पाउनुपर्ने, ताक्लाकोटमा मजदुरी गर्ने नेपालीलाई व्यवस्थित गर्न माग राख्ने बताएका छन् । विकास निर्माणका लागि इन्धनको सहज आपूर्ति गराइदिन नेपाली टोलीले अनुरोध गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस