सुस्त मनस्थिति अपाङ्ग एक महिला बलात्कृत

फिल्को मिसन

साउन ८,२०८०
हुम्ला । बाजुराको हिमाली गाउँपालिकामा एक जना सुस्त मनस्थिति अपाङ्ग महिला बलात्कृत बलात्कृत भएकी छन्
हिमाली गाउँपालिकाम– ३ कि २४ बर्षिया सिता नाम परिवर्तने महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सइ ओम प्रकाश केसीले बताए । पिडित महिला सुस्त मनस्थिति कान नसुन्ने, बोल्न नसक्ने अवस्थाको रहेको जानकारी दिए । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकाको सिमाना जोडिएका े मैताना ठाँउमा सिता नाम परिवर्तन महिला बलात्कृत भएकी हुन् ।
हुम्लाको ताँजाकोट गाउँपालिकाको मैतानाको भेडिगोठमा लगेर सोही गाउँपालिका वडा नं २ बस्ने ३७ बर्षिय पुर्णिमल ल्वारले बलत्कार गरेको आरोप लगाएका छन ।
अहिले पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्वारका नाममा उजुरी दर्ता गरेर कारबाही प्रकृया अगाडी बढीसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पिडित महिला भने अहिले नेपाल अष्ट्रियासाझेदारी संस्था सिमीकोट हुम्ला अल्पलकीलान सुरक्षित आवास गृहमा रहेको संयोजक डिचेन डोल्कार लामाले जानकारी दिइन् ।
लामाका अनुसार पिडित महिलालाई सुरक्षित आवास गृहमा आवश्यक मनोपरामर्श सेवा प्रदान गरिएको छ ।
पिडित महिला सुस्त मनस्थितिको भएकाले भोलीका दिनमा पनि यस्ता समस्या उत्पन्न हुनसक्ने भएकाले संस्थाका संयोजक लामाले दिर्घकालिन रूपमा उनको समस्या समाधानका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने आग्रह गरिन् ।

 

प्रतिक्रिया दिनुहोस