ढुंगा लागेर शाहीको मृत्यु, जेसिबी चालक प्रहरी नियन्त्रणमा

भक्त राज ऐडी

साउन ८,२०८० सोबार
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको च्याछरा क्षेत्रमा पैदल हिँड्दै गरेका बाग्मल शाहीको माथिबाट ढुंगा खसेर मृत्यु भएको घटना लाई लिएर जेसिभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सडक निर्माणका क्रममा माथिबाट खसेको ढुंगा लाग्दा मृत्यु भएको घटनालाई लिएर किटानी जाहेरी गरेपछि जेविसीचालक भैरे शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घरबाट च्याछरामा हिँड्दै गर्दा जोगीमारेमा सडक निर्माण गर्ने क्रममा माथिबाट ढुंगा खस्दा घटनास्थलमै शाहीको आइतबार मृत्यु भएको थियो।
सडक निर्माणका क्रममा सिमकोट गाउँपालका ७ चौगानफयाका स्थानीय बाग्मल शाहीको मृत्यु भएको भन्दै मृत्यका आफन्तले प्रहरीमा किटानी जाहेरी पेश गरेको पछि चालक शाहीलाई प्रहरीले पहरी पक्राउ गरेको छ ।
मृत्यकका दाइ नाम्गमल शाहीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका प्रहरी नावय उपरीक्षक भीमलाल भट्टराईले बताए ।
मृत्यक घरबाट ताक्लाकोटमा काम गर्न जानेक्रममा कर्णाली करिडोरको च्याछरा सडक खण्ड जोगीमारेबाट च्यादुक गाउँका लागि लिंक रोड खन्ने क्रममा ढुंगा खस्दा हो । ृत्यकको लाश पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ र सोमबार पोस्टमार्टम गरिने बताइएको छ।
मृत्यक शाहीसहित अन्य ४ जना स्थानीय बाँच्न सफल भएका थिए। हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको खोजी गर्न दैनिक चीनको ताक्लाको क्षेत्र जानेक्रम बढेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस