हिमज्योति बहुमुखी क्याम्पसको नयाँ संरचना निर्माण हुदै

साउन ८,२०८०
हुम्ला । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको हिमज्योति बहुमुखी क्याम्पसका नयाँ भौतिक संरचना निर्माण शुरु भएको छ ।
सर्केगाड गाउँपालिका साखिनेडाँडामा रहेको कुल ८९८० वर्गमिटर जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
विक्रमसंवत् २०६० सालमा हिमज्योति बहुमुखी क्याम्पसको स्थापना भएको थियो भने तत्कालीन अबस्थामा क्याम्पसको पठन पाठन लगायत अन्य क्रियाकलापहरु हिमज्योती माबि संगको सहकार्यमा हुँदै आइरहेको थियो।
विगतका दुखहरु र मिहेनतको पृष्ठभूमिबाट ठुलो पाठ सिकेको र दिगो विकासको संरचनामा सुविधायुक्त भवान, गुणस्तरीय शिक्षा र शान्त वातावरणमा क्याम्पसको जग बसालेको सोही क्याम्पसका क्याम्पस प्रमुख नेत्र हमालले बताउनु भयो । उनले पुन थपे समग्र क्याम्पसको विकासका लागि हुम्लाका पूर्व सामाजिक मन्त्री तथा संसद दल रावलले प्रदेश सांसद कोषबाट ७५ लाख रुपैयाँ विनियोजित गरेको बताए। उक्त रकमबाट हाल २२५ वटा ग्याबिन तार सहित ९०÷४५ को खेल मैदानको भटाभट काम भैरहेको छ।
क्याम्पसका लागि आवश्यक रहेको महत्वपूर्ण नयाँ भैतिक संरचना निर्माण गर्न लागिएको छ ।