भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सीडीओ निलम्बित

फिल्को मिसन

साउन ८,२०८०
खोटाङ। खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै सिडियो खतिवडा निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७५÷७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो।
सीडीओ खतिवडा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत थिए। खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ।
उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस