प्रेस युनियन हुम्लाको अधिवेशन सम्पन्न, शाही पुनः अध्यक्षमा चयन

साउन ६, २०८०, शनिबार
हुम्ला । नेपाल प्रेस युनियन हुम्लाको चौथो जिल्ला अधिवेशनले राज बहादुर शाहीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युनियनको शनिबार सम्पन्न भएको अधिवेशनले शाहीको नेतृत्वमा ११ जनाको कार्यसमिति चयन गरेको हो ।
विपी स्मृती भवनमा सम्पन्न अधिवेशनले दोस्रो कार्यकालका लागि शाहीलाई अध्यक्ष निर्वाीचत गरेको हो ।
अधिवेशनले खुल्ला उपाध्यक्षमा छपाल लामा, समावेशी उपाध्यक्षमा दलसरा परियार, सचिवमा ओवराज शाही, सहसचिवमा युवराज भण्डारी, कोषाध्यक्षमा लोग भण्डारीलाई निर्विरोध निर्वाीचत गरेको नव निर्वाीचत अध्यक्ष शाहीले जानकारी दिए ।
उनका अनुसार सदस्यहरुमा कुलविर शाही, रविन भण्डारी, मानबहादुर भक्री, महेश विक्रम थापा र विनोद लामा निर्वाचित भएका छन् ।