४१ औँ बीपी स्मृति दिवस : सिमकोटमा वृक्षरोपण

साउन ६, २०८० शनिबार
सिमकोट । नेपाली कांग्रेस हुम्लाको ४१ औँ बीपी स्मृति दिवसको अवसरमा हुम्लामा पनि वृक्षरोपण गरेको छ । शनिबार सिमकोट गाउँपालिका ५ तल्लो गाउँमा रहेको पिन्यारामामा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै हुम्लाका नेता तथा कार्यक्रताहरुले चुली, ढँटेलो लगायतका बिरुवा भिरालो जमिनमा लगाएको थिए ।
नेपाली काँग्रेस जिल्ला पार्टी उपसभापति बशन्त रोकायाले बीपी बिपीले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका, मुलुकको विकासका लागि महत्वपूर्ण बनेको बताए । विपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेतले वीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका र संसदीय निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका भन्दै स्मरण गरिन् ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस कर्णाली प्रदेश कमिट सदस्य कर्ण रावले बीपी जयन्ती तथा स्मृति दिवसका अवसरमा विगत देखि नै वृक्षारोपणको कार्य हुँदै आएकोमा उनले यसपटक लगाइएका बिरुवा सतप्रतिशत फल्ने गरी वृक्षरोपण गरेको बताएका थिए ।
विपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षता र नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाको प्रमुख आतिथ्यमा भएको ‘विचार र विकासमा वीपी विषयक’ गोष्ठीमा नेपाली कांग्रेसका पदाधिकारी शुभेच्छुक तथा भातृ तथा भगेनी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष तथा ट्रेड युनियन जिल्ला अध्यक्ष राजन रावतले विपीले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक भएको बताए ।