अदचुली गाउँपालिकाले बनायो आफ्नै लोगो

असार ९,२०८०
हुम्ला । अदनचुली गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ। गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार पारिएको छ।
लोगोमा नेपालको झण्डा,मदनाको लेक जहाँ अदनचुली शिरको नाम बाट गाउँपालिका रहन गएको छ । अदनचुली खोला हुडेक नाच र देउडा खेल, कर्णाली नदि,नेपालको नक्सा सहितको गाउँपालिकाको नाक्सा, गाउँपालिकाको सडक र रैथाने वाली चिनु र कागुनी, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मदना लेक जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा समेटिएको छ ।
त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका खोलाना राखिएको छ। लोगो बैशाख ११गते लोगो डिजाईनको लागि सूचाना प्रकाशित गरिएको थियो । अदचुलीको पहिचान झल्कने गरी लोगो बनाइएको गाउँ कार्यपालिकाले जनाएको छ ।
गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आह्वान गरेपछि १३ जनाको निवेदन परेकोमा अदनचुली गाउँपालिका वडा नं २ भरत सुनारले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाहले जानकारी दिए।
पहिलै बनाउनुपर्ने भए पनि विविध कारण ढिला हुन गएको लोगो तयार भएर गाउँसभाबाट पास भएको कार्यपालिका निमित प्रशासकिय अधिकृत शाहीले बताए । उनका अनुसार गोलाकारभित्र अदचुली गाउँपालिकामा रहेका प्राकृतिक तथा अन्य स्रोत उल्लेख गरिएको छ ।
गाउँपालिकामा पाइने सबै स्रोत समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो । हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष महोन विक्रम सिहंले बताए ।