सिमकोटले गरयो राया सुझाव संकलन
असार ३,२०८०
सिमकोट । सिमकोट गाउँपालिका हुम्लाले प्रभावकारी योजना निर्माणका लागि राय सुझाव संकलन सुरु गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को योजना निर्माणका लागि सरोकारवाला निकायसँग पालिकाले सुझाव संकलन गरेको हो ।
आगामी बर्षमा पालिकाले आर्थिक बर्ष ०८०÷०८१ को निति तथा बजेट कार्यक्रमका लागी बस्ती र वार्ड स्तरबाट योजना छनौट प्रक्रिया सकेर पालिका स्तर योजना छनौट गर्नका लागि के कस्ता योजना तथा कार्यक्रमलाई प्राथमिकता सहित बजेटमा समावेश गर्ने उद्देश्यको साथ दलियप्रतिनिधी, सन्चारकर्मि र सरोकारवालाहरुसंग राय सुझाव संकलन गरेको थियो ।
राय सुझाव दिने क्रममा नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डा दीपेन्द्र रोकायाले पालिकामा बौद्धिकबर्गको एउटा समिति निर्माण गर्नुपर्ने,स्थानीय रैथाने वाली उत्पादनमा बढी जोड दिनुपर्ने सार्थै युवाहरुलाई उद्दमी बनाउन र हुम्लामा जटीबुढीबाट औषधी बनाउने निति तथा बजेट कार्यक्रममा समावेश गर्नुपर्ने राय व्यक्त गरेका थिए ।
सुझाव संकलन कार्याक्रममा एमाले उपाध्यक्ष डबल रावतले सिमकोट पालिकामा रहेका आठैवडामा रहेका विद्यालयमा गुणस्तर शिक्षा दिने र कृषि क्षेत्रमा कनीका छरे जस्तो योजान भन्दा अग्रानी बालि उत्पादनमा जोड दिनेखालको योजना तर्जुमा गर्न सुुझाव दिए ।
कार्यक्रममा कांग्रेस उपसभापति वसन्त रोकायाले पनि दिगो विकास र समुदायीलाई सन्तुुष्ट पार्ने खालका योजनाहरु योजना ल्याउन आग्रह गरे। उनले अव विकाससंगै आर्थिक विकासका कार्यक्रम ल्याएर रोजगारी हुने कामलाई प्राथमिकतामा राख्नुु पर्ने बताए।
गैरसरकारी संस्थाबाट कन्जोक लामाले स्थानीय तहहरुले गैससहरुलाई हेर्ने नजरमा परिवर्तन गरि विकासका साझेदारी संस्था संगस्थानीय तहको निति निमार्ण प्रक्रियाको चरणहरुमा हुने छलफलमा सहभागी गराउनु पर्ने सुुझाव दिए।
रेडियो कर्णाली आवजका स्टेशनमेनेजर नवराज महताराले नागरिकका सवालहरुलाई समेटेर भौतिक विकास मात्र विकास नभनि सामाजिक विकासका गतिविधिहरुमा लक्षित समुहलाई समेत समेटेर अगाडि बढ्नु पर्ने कुरामा सुझा दिए ।
नागरिक समाजमा अध्यक्ष गणेश महतले साधरण शिक्षा भन्दा प्राविधिक शिक्षा संचालन गरेमा अहिलको शिक्षा बेरोजगारी उत्पादन गरेको बताउँदै पढ्दै कमाउने खालको शिक्षा दिएमा वेरोजागार लाई रोजगारी सृजना हुने बताए।
राप्रपा अध्यक्ष विकास महतले छरिएर रहेका बस्तीमा विद्यालय स्थापना गर्नुभन्दा आवासीय विद्यालयको अवधारण ल्याएर कम लागतमा गुणात्मक शिक्षा प्रदान गर्न सुुझाव दिए।
सुझाव संकलन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौंडेलले भौतिक पुर्वाधार तथा संरचनाको बिकास सार्थै सामाजिक बिकास,कृषि,स्वास्थ्य,रोजगार,सञ्चा र धार्मिक तथा पर्यटन बिकासको लागि प्रचुर संभावना बोकेको सिमकोट गाउँपालिकालाई प्राथमिकतामा राखी निति तथा बजेट कार्यक्रम ल्याउनु पर्ने राय सुझाव व्यक्त गरेका थिए ।
पालिकास्तरमा सञ्चालन गरिने योजना तर्जुमाका लागि सुझाव संकलन उपलब्धिमूलक बनेको पालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ले बताए । “धेरै रचनात्मक सुझाव प्राप्त भएका छन्,” अध्यक्ष भण्डारीले भने, “गाउँपालिकामा सरोकारवाला पक्षबाट आएका सुझावलाई समेट्दै आगामी आवको बजेट कार्यक्रम तय मार्गदर्शन हुने छ ।” उत्पादन तथा स्वरोजगारमुखी बजेट तर्जुमा गर्नको लागि आफू लागिपरेको उनले बताए ।
कृषि, पर्यटन, पशुपालन, खानेपानी मोटरबाटो र रोजगारी उत्पादनका क्षेत्रमा पालिकाले लगानी गर्नुपर्ने सुझाव प्राप्त भएको पालिकाका उपाध्यक्ष शुशिला रोकाया भामले बताइन् ।
स्थानीय राजनैतिक दलका प्रतिनिधि, विद्यालय शिक्षक, निजी क्षेत्र, संघसंस्था लगायतको सहभागितामा सुझाव संकलन गरिएको थियो ।