हुम्लामा भीरबाट लडेर एक जनाको मृत्युु

फिल्को मिसन

जेष्ठ २२, २०८०
हुम्ला । भीरबाट लडेर २४ वर्षीय युवाको मृत्युु भएको छ। अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका २४ वर्षीय युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुुख फर्कने क्रममा भीरबाट लडेर मृत्युु भएको हो।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कने क्रममा लौठारुख भीरबाट लडेर मृत्युु भएको स्थानीय परबहादुुर थापाले बताए।
सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृत अवस्थामा दोमुख नजिक भेटिएका थिए।
दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए। दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो। दानी सो कार्यक्रम हेर्न दोमुखबाट कल्खे गाउँ गएका थिए। लडेर मृत्युु भएको खबर पाउने बित्तिकै गल्फागाड प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुुगेको थियो।
परिवारका सदस्यहरूले लडेर मृत्यु भएको जनाएपछि प्रहरी चौकीतर्फ फर्केको थियो। मृतक दानीको सोमबारै अन्तिम दाहसंस्कार गरिएको छ। मृतक दानीका श्रीमती र एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस