हुम्लामा पहिलो चोटी डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम

जेठ ८, २०८०
सिमकाट । नेपाल राष्ट्र बैंकले हुम्लामा पहिलो पटक डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सम्पन्न गरेको छ । हुम्लाको सदरमुकाम सिमकोटमा सोमबार आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताबारेमा संचालन गरेको थियो ।
नेपाल राष्ट्र बैंकले सिमकोमा रहेका मावि, क्याम्पस, वित्तीय बैंकहरु,सहकारी संस्था र व्यवसायहरु लार्ई डिजिटल बैकिङ् सम्वन्धि सचेतना कार्याक्रम आयोजना गरिएको हो ।
डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएकोे छ । कार्यक्रममा डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, ‘क्यूआर’ भुक्तानी लगायतका बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारणलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा गभर्नर किरण पण्डिले विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआवत हिमाली जिल्ला हुम्लामा गरिएको जानकारी दिनुभयो ।
पछिल्लो समयमा क्युआरबाट लाखौको बढी कारोबार हुने भएको उत्साहजनक अवस्था रहेको बताए । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरु गरिएको उहाँले भन्नुभयो ।
डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा सुपरिवेक्षण देवकुमार ढकालले जोड दिनुभयो ।
डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उहाँले सबैलाई अनुरोध गर्नुभयो । सो अवसरमा भुक्तानी प्रणाली लाई कार्यकारी निर्देशक तथा सुपरिवेक्षण आफनो भनाई राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभयो ।
डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा सुपरिवेक्षण देवकुमार ढकालको अध्यक्षतमा रहेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक कार्यालयमा गभर्न किरण पण्डित,मानसरवर बहुमुखी क्याम्पास हुम्लाका प्रमुख दीपक भण्डारी,मानसरवर माविका प्रचार्य अमर बहादुर शाही र वित्तीय संस्थाका प्रमुख,कर्मचारी, विद्यार्थीह लगायतको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरताको अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस् र बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरूको पहुँच पुगोस् भन्ने उदेश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम सचेताना कार्याक्रम आयोजन गरिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।