स्ववियुको ‘अखिल शन्देश’ पुस्तक विमोचित (फोटो फिचर)

अर्जुन बोहरा

जेठ १,२०८०
सिमकोट । हुम्लाको सिमकोट स्थित मानसरवर होटलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५९ औं ्स्थापान दिवसमा स्वतन्त्र विध्यार्थी युनियनले सोमबार आफ्नो मुखपत्र ‘अखिल सन्देश–२०८०’ पुस्तक विमोचन गरेको छ।


स्वतन्त्र विध्यार्थी युनियन हुम्लाले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले हुम्लाका जिल्ला पार्टी उपाध्यक्ष डबल रावत र पार्टी सचिव तिर्थराज बोहराले पुस्तकको विमोचन गरेका छन । पुस्तकमा नेकपा एमाले हुम्ला जिल्लाका शिर्ष नेताहरु, जिल्लामा अध्ययनरत विद्यार्थीहरुका लेख तथा रचनालाई समेटिएको छ।
विद्यार्थीहरुका प्रतिभालाई स्थान दिनको लागी यो पुस्तक निकालिएको स्वतन्त्र विद्यार्थी युनियन हुम्लाका अध्यक्ष जयराज छन्त्याले बताए। त्यस्तै प्रतिभाशाली विद्यार्थीका अन्तर्निहित प्रतिभालाई प्रस्फुन गर्न विचार पुस्तक निकालिएको स्वतन्त्र विद्यार्थी युनियन हुम्लाले बताएको छ ।
कार्यक्रममा नेकपा एमाले पार्टीका नेताहरु र अनेरास्ववियुका विद्यार्थी नेताहरुह सभागिता रहेको थियो। त्यस्तै सम्मान कार्यक्रममा पूर्व अध्यक्षहरु लाई खात लागाई सम्मान गरेका गरेका छन ।

प्रतिक्रिया दिनुहोस