प्रजिअ मार्फत प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

बैशाख २९,२०८०
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीले हुम्लाले नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्र्दे हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।
आज दिउँसो ‘शुक्रबार ’१ बजेतिर जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदी द्धारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई राप्रपा हुम्लाका अध्यक्ष विकाश बहादुर महतले ज्ञापन पत्र बुझाएका छन ।
त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।राप्रपाले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।