शैक्षिक सत्र सुरु नहुँदै हुम्लामा पाठ्यपुस्तक आउन सुरु

अर्जुन बोहरा

बैशाख ९,२०८०
हुम्ला । हुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक आउन सुरु भएको छ । सरकारले हिमाली जिल्लालाई समेत वैशाख देखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका छन ।
हुम्लाका दक्षिणी चार वटा गाउँपालिकामा पाठ्य पुस्तक पुुगे लगतै उत्तरी हुम्लाका तीन वटा गाउँपालिकाका लागि पनि पुस्तक पुगेको छ । हवाई मार्गबाट ढुवानी गर्न समस्या देखिएपछि नेपालगञ्जबाट सलीसल्ला हुँदै स्याल्तडीसम्म गाडीमा ढुवानी गरिएको छ । त्यसपछि खच्चडबाट ढुवानी गरेर सदरमुकाम सिमकोटमा पुस्तक पुगाउने गरेको छ ।


तीन वटा गाउँपालिकाका पुस्तकको खरिदको जिम्मा पाएको रोकाया पुस्तक पसलले यस वर्षका लागि नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा विद्यालयका लागि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक सदरमुुकाम सिमकोट आउने क्रम सुुरु भएको जनाएको छ ।
नेपालगंजबाट ८० क्वीन्टल पुस्तक हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका–६को स्याल्तडीमा सबै आई पुुगेको र त्यताबाट भने खच्चडमा ढुवानी गरेर सिमकोट आउने क्रम सुुरु भएको हो।
खार्पुनाथ गाउँपालिकाका लागि पुस्तक बाटो पर्ने भएको कारण गाउँपालिका केन्द्र याङ्चुुमै छोड्ने, सिमकोट र नाम्खा गाउँपालिकाका लागि सिमकोटबाट बितरण गरिने बताए ।


सबै पुस्तक गाउँपालिका र सदरमुकाम सिमकोट आइपुुग्ने र त्यसपछि विद्यालयलाई बिक्री सुरु गरिने रोकाया पुस्तक पसलका संचालकले बताए । उत्तरी क्षेत्रका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक रोकाया पुस्तक पसलले शनिवार केन्द्रको प्रादेशीक कार्यालय नेपालगंजबाट गाडीमा पुस्तक लोड गरेर ढुवानी गरेको रोकाया पुस्तक पसल संचालक धन्जवय रोकायाले बताईन् ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको यहाँका स्टेसनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् ।
माथिल्लो हुम्लाका तिन वटा गाउँपालिकामा कूल ५८ सामुदायिक विद्यालयमा करिब ३ हजार हाराहारीमा विद्यार्थी ा रहेको संख्या शिक्षा समन्वय इकाइ हुम्लाले जनाएको छ ।हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस