माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको उद्घाटन (फोटोफिचर)

बैशाख ०५, २०८०
बाजुरा । बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको माथिल्लो कर्णाली तथा जल पर्यटन महोत्सव सोमबारबाट हिमाली गाउँपालिकाको धुलाचौरमा सूरू भएको छ । महोत्सवको उद्धद्घाटन प्रतिनिधी सभा सदस्य सांसद बर्दि प्रशाद पाण्डेले गरेका छन् ।
हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायको सहयोगमा सुरु भएको महोत्सवको उद्धघाटन सांसद पाण्डेले गरेका छन् ।
हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको कर्णालीको बगरमा महोत्सव आयोजना गरिएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लको अध्यक्षतामा सचालन भएको महोत्सव उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा नेपाली काँग्रेसका सहमहामन्त्री बर्दि पाण्डे रहेका थिए ।
कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
यही बैशाख ४ गते देखि ७ गतेसम्म माथिल्लो कर्णाली महोत्सव सञ्चालन भएको हिमाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए।
महोत्सवमा राष्ट्रिय स्तरको छवी बनाएका कलाकारहरू विनोद बाजुराली, प्रकाश थापा, हर्क खडायत, राजेन्द्र शाह विपि,प्रभुराज पाण्डे, पविन्द्र सुनार, धर्मेन्द्र सुनाार, मिना खत्री लगायत स्थानीय कला झल्काउने विभिन्न प्रस्तुतिहरूका साथै स्थानीय उत्पादनको प्रर्दशनीसंगै कर्णाली र्याफ्टीङ लगायतका कार्यक्रम हुने भण्डारीले बताएका छन ।