व्यक्तिगत घटना दर्ता सप्ताहको आज चौथौ दिन

फिल्को मिसन

बैशाख ४,२०८०
सिमकोट । देशभरीका स्थानीयमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपसन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पु¥याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च महत्व दिँदै देशव्यापीरुपमा सञ्चालन गरेको हो ।
हुम्लाका सातै वटा स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह रयाली,गोष्ठी लगायत बिषयमा अभियान संचालन गरेका छन । व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको आज चौथो दिन हो ।
सबै स्थानीय तहलाई वैशाख १ देखि ७ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गरीरहेको छ ।
सरकारले सञ्चालन गर्न गइरहेको अभियान सफल बनाउन सञ्चारमाध्यमको ठुलो भूमिका रहेको बताउँदै आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको सात दिन भित्र दर्ता गराउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस