श्रीमानको कुटाई बाट सुत्केरी श्रीमतीको हात भाँचियो

चैत ३०,२०७९
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका.६माथिल्लो गाउँकी २९ वर्षीया जाल सुनार लाई आफ्नै श्रीमान सुरेन्द्र सुनाको कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।
तीन महिनाकी सुत्केरी जाल सुनारको दायाँ हात भाँचिएको छ । बनमा दाउरा टिपेर घर फर्केकी श्रीमतीसँग विवाद भएपछि श्रीमानले लात्तीले हान्दा भुईँमा बजारिदा हात भाँचिएको विरामीका आफन्तले बताए ।
श्रीमान सुरेन्द्रले जाल सुनारलाई आफ्नै घरमा श्रीमतीको हात भाँचिने गरी कुटपिट गरेको खुलेको छ । सामान्य घरायसी विवादका क्रममा जाल सुनार लाई सुरेन्द्र सनारले निर्घात कुटपिट गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाले बताईन् ।
पतिको कुटपिटले पत्नीको दाहिने हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको स्थानीय बैद्धयमा उपचार भइरहेको छ । श्रीमान् सुरेन्द्र विरुद्ध जालले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिइन् ।
जाललाई सुरेन्द्रले लातीले हान्दा भुईँमा बजारिदा दायाँ हातकोे खुस्किएर टुक्रिएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते सुनारको स्थानीय विधिबाट उपचार भईरहेको छ ।
श्रीमती सुनारले बिहानको खाना खाएर घरका लागि आवश्यक पर्ने दाउरा टिप्न बनमा गएको विषयलाई लिएर श्रीमानले कुटेको बताउनुभयो । तीन महिनाकी सुत्केरी महिलालाई श्रीमानले कुटेर भाँचिएको हातको उपचार गर्ने अस्पतालमा गएकै छैन् ।
स्थानीय प्रविधिद्धार भाँचिएको हातलाई काठ बनाएर बाँधिएको छ । उहाँको हात दुखेर नवजात शिशुलाई दूध खुवाउन सक्ने अवस्था छैन जालले बच्चा चेपेर घरमा काम गरिरहेको अवस्थामा आफ्नै श्रीमानबाट हात भाँचिने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी नगरि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएकी छन् ।