गलतको विरुद्ध बोल्यौं :एमालेका केन्द्रीय सदस्य निरज आर्चाय

चैत २८,२०७९
सिमकोट । नेपालमा सबै खालका देश भित्र र बाहिर गलतको विरुद्धमा एक भएर बोल्नु पर्ने नेकपा एमाले केन्द्रिय सदस्य निरज आर्चायले बोल्नु पर्ने आवस्था आएको बताए । प्रेस चौतारी हुम्लाले फेरि भेटौला भन्ने विषयमा आयोजना गरेको कार्यक्रम सञ्चारकर्मीहरूसँग बोल्दै केन्द्रीय सदस्य आर्चायले देशमा भ्रस्टचार मौलाएकोले यसको विरुद्धमा हामी एक भएर लाग्नु पर्ने बताए । एमाले, काँग्रेस, माओवादी लगायतका दलका केहि नेता तथा कार्यार्कता बाटै भ्रष्टचार मौलाएकोले यसका विरुद्धमा आवज उठाउनु पर्ने बताए ।
एमालेले संचालन गरेको मिसन ग्रासरूट अभियान हुम्ला पुगेको केन्द्रीय सदस्य आर्चायले यस्तो बताएका हुन। अधिकाँस जिल्लामा विकास लाई किन्ने प्रवृति हावी भएको केन्द्रीय सदस्य आर्चायले बताएका छन। स्थानीय तह देखि प्रदेश र संघिय सरकारबाट योजनाहरु आउनु भन्दा पूर्व अग्रिम भुक्तानीको खेलमा सेटिङ चलेको बताए । कोहि पार्टीका नेताहरु अछुत छैन ।
“चुपचाप भएर नबसौं र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला । कुनै पनि सही कार्य गर्नुको निम्ति आममासमा बाहिर ल्याउन संचारकर्मिको दाहित्वो रहेको केन्द्रिय सदस्य आर्चाले आग्रह गरे । हुम्लाका केही गाउँपालिकामा डर लाग्दा बजेट अनियमितता देखिएका छन ।
केन्द्रीय सदस्य आचार्यले नेपालको सीमामाथि कसैले गिद्दे नजर लगाए सहन नसकिने बताएका छन्। उनेले भने नेपालको एक इन्च जमिन छिमेकी लाई छोड्नु हुँदैन र अर्काको एक इन्च जमिन ल्याउँन हुँदैन ।भारत–चीन कसैले पनि नेपालको सीमामाथि धावा बोले त्यसलाई एमालेले प्रतिवाद गर्ने उनको भनाइ थियो। एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमनत्री केपी ओलीको पालको सरकारले सबै पार्टी संग सहकार्य र्गर्दै लिपिया धुराको चुच्चे नक्शा नेपालमा जोडिएको बताउनु भयो ।