हुम्लामा पहिलो चोटि बसपार्क शिलान्यास

फिल्को मिसन

चैत २७,२०७९
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५को तल्लो गाउँस्थित शिवमन्दिर नजिक मैनाघाडामा बसपार्क निर्माण गरिने भएको छ ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारील सोमबार एक आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क शिलान्यास गर्नुभएको हो ।
हुम्लामा सडक संजालले जोडिने अबस्था नजिकै पुग्दा पहिलो पटक हुम्लामा नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारबाट आर्थिक जुटाएपछि बसपार्क निमार्ण हुने भएको हो ।
पहिलो चरणमा रु ४५ लाख लगानीमा तयार हुने सो बसपार्कमा पन्च बर्षियरुपमा लगानी गर्ने भएको छ ।
बसपार्क भित्र दिवाल उठाउने पहिलो बर्ष भएको निमित कार्याकारी अधिकृत उजीर रोकायाले बताए । यो बर्षमा काम सम्पन्न गर्ने गरी उपभोक्तासमिति लाई निर्माण कामको जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस