बाह्रौ हिउदे गाउँ सभा:कानुन् र बजेट पारित गर्दै अदचुली गाउँपालिका

फिल्को मिसन

चैत २६,२०७९ आइतबार
सिमकोट । हुम्ला जिल्लाको अदनचुली गाउँपालिकाले बाह्रौ हिउदे गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा अधिवेशन सम्पन भएको हो ।
गाउँ सभामा जनताको आवश्यकता र पालिकाको विकासका लागि आफुहरु लागि परेको अध्यक्ष सिंहले बताएका छन । जनताको मनोभावना अनुसार जनप्रतिनिधि तथा गाउँसभा सदस्यहरुको राय सुझाव अनुसार वजेट निर्माण गरिएको बताउँदै अध्यक्ष सिंहले स्थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
अहिले बजेट अभावका कारण पालिकालाइ योजना बनाउन पनि असहज हुने गरेको बताउँदै अध्यक्ष राइले स्थानिय सरकारलाई मजबुद बनाउनका लागी संघीय र प्रदेश सरकारलाइ पनि आर्थिक रुपमा सबल बनाउनु पर्ने बताएका छन ।
अदचनुली गाउँ पालिकाको आर्थिक वर्ष २०७९÷८० को बाह्रौ हिउदे गाउँ सभामा विभिन्न ४वटा कानुन पारित गरेको छ । गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७९, टोल विकास संस्था व्यावस्थापन कार्यविधी २०७९, कन्टीजेन्सी रकम खर्च व्यावस्थापन कार्यविधी २०७९, गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन कार्यविधी २०७९ र विगतका वर्षमा पारित कार्यविधी सँसोधन ऐन २०७९ माथिको ऐन र कार्यविधीको बारे नितीगत रुपमा प्रस्ट पार्दै निमित प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाहीले बताए ।
उपअध्यक्ष कर्ण रोकायाले गरेको प्रस्ताव माथि जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालिकाले वजेट संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो ।
अदनचुली गाउँपालिकाले हिँउदे अधिवेशनको लागि बजेट बाँडफाँड गरेको छ । आन्तरीक वडामा सडक निर्माणका लागी ४० लाख विनियोजन भएको छ । त्यसै गरि बुका खोला देखि काटेखौला सम्म सडक निर्माणमा ३० लाख,आम्ली खोला देखि रिल्म सम्म सडक निर्माणमा २५ लाख,श्रीनगर बृहत खानेपानीमा ट्याँकी निर्माण एक, दुई, तीन वडाका लागी १५ लाख,र मुहान च्याम्वर निर्माण तथा पाईप परिवर्तनमा २० लाख विनियोजीत गरेको छ । यस्तै कालागाड देखि पाल्स सडक निर्माण २० लाख ,तिउनेली भिड कल्खे सडक निर्माणमा २५ लाख विनियोजन गरेको छ ।
यस्तै म्याचिङ फण्डका लागी १९ लाख, कल्खे फिल्ड निर्माण आयोजना ५ लाख, वडा कार्यालयको भवन मर्मत १० लाख, वडा न ३ कार्यलयको फिल्ड निर्माण १५ लाख,वडा न ४ को अनारखेत सिचाई ५ लाख,वडा न ५ को ओखर पकेट कार्यक्रम १० लाख,मोवाईल टावर निर्माण तथा ढुवानी च्याम १० लाख,छहरा खेत लघु जलविद्युत आयोजना मर्मत ६ लाख विनियोजत गरेको हो ।
त्यसै गरि पुजिगत कार्यक्रम खर्च २३ लाख,पुजिगत कार्यक्रम खर्च वडा न छ १० लाख हिउँदे गाउँसभामा प्रस्तुत भएको छ । चालु भैपरी खर्च रहेको अबण्डा रकम कर्मचारी तलव भत्ता तथा अन्य अपुग खर्च शिर्षकमा १ करोड विनियोजन भएको छ ।
पुजिगत कार्यक्रममा ५ करोड ८९ लाख १२ हजार ५सय ४५ रकम रहेको छ । बाँकी विनियोजीत योजना कार्यक्रममा २ करोड ८३ लाख १२ हजार विनियोजित गरेको हो ।
हरेक आर्थिक वर्षको बजेट अधिवेशनबाट पारित भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारिता तथा ऐन नियमहरु निर्माण गर्नको लागि हिउदे गाउँ सभालाई महत्वका साथ लिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस