बजेट अभावमा गल्फागाड क्याम्पस भवन अलपत्र

अर्जुन बोहरा

चैत्र २५,२०७९, शनिबार
सिमकोट । हुम्लाका् दक्षिण क्षेत्रमा पर्ने अदनचुली गाउँपालिका मा बजेट अभावले गल्फागाड बहुमुखी क्याम्पसको भवन अलपत्र बनेको छ । गल्फागाड क्याम्पसको निर्माणाधीन दुई कोठे भवन बजेट अभावले अलपत्र बनेको हो ।
क्याम्पस प्रमुख रणसुर रोकायाका अनुसार कर्णाली प्रदेश बाट २० लाख बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा भएको बताए । तर भवन निमार्णको लागि जग्गा खरिद लगायत भवन निमार्णको लागि बजेट अपुग भएर निर्माण अधुरो बनेको बताए। “गएको आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, उनले भने, “थप बजेट नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।” जम्मा२० लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ बजेटको आवश्यक परेको रोकायाले बताए।
भवनको निमार्णको लागि जग्गा धनिबाट जग्गा खरिदको लागि ५लाख ५० हजार,जग्ग सम्याउनेका लागि १लाख २८ हजार बाँकी १३ लाख लाख बजेट लागेको उनले बताए। “दुई कोठे भवनको निमार्णको लागि अब भवनको उठाउनको लागि जस्तापात, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी रहेको छ”, उनले भने। बजेटका लागि गाउँपालिका र अन्यय निकाया सँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उनले बताए।श्रीनगरमा रहेको गल्फागाढ क्याक्पस आर्थिक र भौतिक पूर्वाधारको अभावमा सङ्कटमा परेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या उत्पन्न भएको हो । ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनको लागि क्याम्पस स्थापना गरिए पनि पछिल्लो समय विभिन्न समस्या उत्पन्न हुन थालेको छ ।
त्रिविले मानविकी सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताउनुभयो । हाल माविले दिएको भवनमा कक्षा सञ्चालन गरिए पनि क्याम्पसको आफ्नै भवन नहँुदा समस्या भएको उहाँको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयबाट बर्सेनिजसो केही रकम अनुदान स्वरुप आउने भएपनि पर्याप्त रकम नभएकाले भवन निर्माण गर्न नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताउनुभयो ।
भवन निर्माण र कर्मचारी लाई तलब सुविधा दिन रकमको अभाव भइरहेको र आफूहरु स्थानीयस्तरदेखि विभिन्न स्थानमा स्रोतको खोजीका लागि भौँतारिरहेको उहाँले बताउनुभयो । जिल्लाको दक्षिणी २वटा गाउँपालिका तथा छिमेकी गाउँपालिका बाट समेत स्नातक तहमा बिए अध्ययनको लागि विद्यार्थी आउने गरेको बताए ।
विद्यार्थीबाट शुल्क लिएर पनि क्याम्पस सञ्चालन गर्न सम्भव नभएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । उक्त क्षेत्रका विद्यार्थी उच्च मावि तहसम्मको अध्ययनपछि माथिल्लो तहको शिक्षा लिन जिल्ला छाडेर जानुपर्ने बाध्यतालाई हटाउन क्याम्पस सञ्चालन गरिए पनि समस्या उत्पन्न भएको बताइएको छ ।
क्याम्पसको नाउँमा भने अहिले सम्म जग्गा खरिद नभएको र २कोठे भवन निमाणधीन भवन पनि जग्ग धनिबाट जग्गा पास नभएको बताए ।
                                                                   लालपुर्जा छैन, जग्गा खरिदको नाममा ५ लाख
अदनचुली गाउँपालिकामा रहेको गल्फागाड बहुमुखी क्याम्पसको भवन निर्माण गर्नको लागि ५ लाख ५० हजार रुपैंया जग्गा खरिद भएको थियो ।
अदानचुली गाउँपालिका–३कापूर्ववडा अध्यक्ष दत्त विष्ठले उक्त क्याम्पसको नाममा जग्गा उपलब्ध गराउनको लागि पाँच लाख ५० हजार रकम बुझि सकेको र क्याम्पसको नामा जग्गाको लालर्पुजा नदिएको क्याम्पस प्रमुख रोकायाले गुनोस गरेका छन ।


जग्गा धनिले भवन निमार्णको लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नामामा रजिष्टेसन पास नगरि दिए पछि भवन निर्माण अलपत्र परेको छ । सुर्यदय माविबाट गल्फागाड बहुमुखी क्याम्पसको पठनपाठन गर्नु पर्ने र दैनिक दिन कार्यलय संचालन गर्नु पर्ने बाध्य भएको क्याम्पस प्रमुख रोकायाले वताएका छन् ।
प्रदेश कार्यालयबाट प्राप्त रकम २० लाख मध्ये ५ लाख ५० हजार जग्गा खरिदमा, जग्गा लेबलिङ्ग गर्ने स्काइभेटरलाई १लाख २८ हजार बाँकी रकम ढुङ्गा काठ र लेवरमा खर्च गरिएको बताए ।
अधरो रहेको भवनको निर्माण कार्य पुरा गर्नका लागी अदानचुली गाउँपालिकाले थप वजेटको व्यवस्थापनका लागी सहयोगको आश्वासन पाएको क्याम्पस प्रमुख रोकायाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस