बाजुराको हिमाली गाउँपालिका तिथ्यचोैउरमा मालबाहक ट्रक दुर्घटना

चैत २२,२०७९
श्रीनगर । बाजुरामा मालबाहक ट्रक दुर्घटना भएको छ । बाजुरादेखि हुम्लाजाँदै गरेको स.१.प्र०१२४९४ नम्बरको मालबाहक ट्रक बुधबार विहान ६बजेर १५मिनेटमा दुर्घटनाग्रस्त भएको छ ।
बाजुरा हिमाली गाउँपालिका–५ स्थित तिथ्यचौउरमा ट्रक दुर्घटनामा परेको अस्थाई प्रहरी पोष्ट कुवाडीले जनाएको छ। ट्रक सडकभन्दा ३ मिटर तल खसेको प्रहरीको भनाइ छ। तर ट्रक ढुङ्गाले अढाएको छ नत्र सिधै कर्णाली नदिमा खस्ने प्रहरीले जनाकारी दिएको छ ।
नेपाल खाद्यय संस्थान हुम्ला शाँखाको चामाल सुर्खेत बाट हुम्लको ढुवानी गर्ने गरेको बताए । उनले ट्रक दुर्घटना क्षति भएको बताए । ट्रक सडक छेउबाटै गुड्दै गरेको अवस्थामा करिव ३ मिटर तल खसेको थियो । सडक ठाडो हुँदा ट्रक ब्रेक फेल भर्ई कन्ट्रोल गर्न खोज्दा ट्रक तल खसेको चालक रविन्द्र खड्का बताए । ट्रक तल खसेपनि मानविय क्षति कुनै नभएको ट्रक चालक खड्कले बताए । ट्रकमा रहेको ८८ कुइन्टल खाद्ययन्न चामल ढुवानी गरेको बताएको छ ।