खार्पुनाथ गाउँपालिका ५ का जेष्ठ नागरिकलाई बलाङकेट प्रदान

चैत १३,२०७९
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमको थालनी गरेको छ । पालिकाले जेष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण कार्यको थालनी गरेको छ । खार्पुनाथ गाउँपालिकाका ५ वडाले जेष्ठ नागरिकलाई न्यानो कपडा बलाङ्केट वितरण गरेको हो ।
७५वर्षमाथिका जेष्ठ नागरिकलाई हिँउद महिनाको कठ्याङ्रिदो जाडोबाट जोगिन सहयोग पुगोस भन्ने उद्देश्यले जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
खार्पुनाथ गाउँपालिका ५ का वडाध्यक्ष भरतजंग शाहीले जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन तथा सम्मान स्वरुप बलाङ्केट वितरण गरिएको जानकारी दिए । उनले वडाको वार्षिक कार्यक्रमअन्तरगत ३१ जना जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको बताए । जेष्ठ नागरिकलाई घरमै पुगेर न्यानो कपडा वितरणलगायतका कार्य गर्दै आएको बताए ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिका ५ का वडाध्यक्ष शाहीले वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तरगत पाँच नम्बर वडाले जेष्ठ नागरिकको उच्च सम्मान स्वरुप न्यानो कपडा (बलाङकेट) बितरण गरेको बताए । न्यानो कपडा पाएपछि जेष्ठ नागरिक निकै खुसी देखिएका छन् ।