जिल्ला अदालत हुम्ला र पत्रकारबिच अन्तरक्रिया

फिल्को मिसन

चैत १२,२०७९
सिमकोट ।जिल्ला अदालत हुम्लाको आयोजनामा आइतबार सिमकोटमा सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरेको छ । जिल्ला अदालत हुम्लाले बार्षिक कार्ययोजना अन्तर्गत सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरिएको हो ।
हुम्ला जिल्ला अदालतका न्यायाधीश दिल प्रसाद सापकोटाको प्रमुख उपस्थितिमा भएको अन्तक्र्रया कार्यक्रममा हालको जिल्लामा अदालती फैसलाको बारेमा छलफल भएको बताईएको छ ।
मुद्दाको किनारा लगाउन दुबै पक्षलाई नै हाजिर गराउनु पर्ने, भौगोलिक अवस्था, कानुनि मापदण्ड पूरा गर्नुपर्ने बताईएको छ ।अन्तक्र्रिया कार्यक्रममा कहिकतै हुम्ला जिल्ला अदालतकै कर्मचारीकै कारण अदालती कार्यमा बाधा पुगेको भएपनि यसमा कमिकम्जोरी औलाउन र सत्य न्यायको बारेमा संंचारमा ल्याउनु पर्ने श्रेस्तेदार कमल कुमार आचार्य बताएका छन् ।
अदालतका श्रेष्तेदार आचार्यका अनुसार अहिले सम्म अदालतमा ५८ वटा मुद्दा मात्र विचाराधीन रहेको भन्दै तीमध्ये ४० वटा मुद्दाको पेशी तोकिएको बताए। बाँकी १८ वटा मुद्दाको प्रक्रिया अगाडि बढाएर पेसी तोक्ने कार्य पनि चाँडै तोकिने भएको छ।
यस वर्ष दर्ता भएका ७२ वटा मुद्दा मात्र अदालतमा विचाराधीन रहेको छन । हाल सम्म चैत ५ गतेसम्म १४ वटा मुद्दाको फस्र्याेट भइसकेका बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश सापकोटाले अदालतको निर्णय र आदेशको भावना बुझ्दै अदालत प्रतिको विश्वासलाई आम जनसमुदायमा सूचना सन्देश प्रेषित गर्न सबै सञ्चारकर्मीहरुमा आग्रह गर्नुभयो।
अधिकाँस संचारकर्मिले राखेको जिज्ञासा प्रति उतरदायित्व हुँदै न्यायाधीश पौडेले भने, ’आम नागरिकलाई अदालती न्याय प्रकृयाका वारेमा सुसूचित गराउन सञ्चारकर्मीहरुले महत्व दिन आवश्यक भएको र न्याय निपष्क्ष कानुनि दिएको अधिकार प्रयोग गरिने बताए ।
कार्यक्रममा पत्रकार महाँसंघका हुम्लाका अध्यक्ष राजन रावत, वैतनिक वकील राजन चन्द लगायतको उपस्थिति रहेको थियो । पीडितलाई न्याय प्रकृयामा सहजता प्रदान गर्न अदालतले वैतनिक वकील राखेर सहजिकरण गर्दै आएको छ । मुद्धा लेख्न वकील नपाएर पीडितले भौतारिनुपर्ने अवस्था छैन’, श्रेस्तेदार आचार्यले बताउनु भयो ।
हुम्ला अदालतले सञ्चालन गरिरहेको जनतासंग अदालत कार्यक्रमले अदालतप्रतिको सर्वसाधारणको बुझाइलाई थप सहज बनाउने छ।

प्रतिक्रिया दिनुहोस