रलिङ गुम्बा पर्यटकीय पदमार्गको डिपिआर गर्ने

चैत ७,२०७९
हुम्ला । सिमकोट गाउँपालिकाले रलिङ गुम्बाको पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय र धार्मिक स्थलहरुकोे उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परेको छ ।
गाउँपालिका भित्र पर्यटकीय क्षेत्रको कमी छैन। तर सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठेकले यो बर्ष देखि धार्मिक महत्व बोकेको रलिङ गुम्बा र पर्यटन पथमार्ग निर्माणको लागि डिपिआर तयार गर्ने निणर्य गरेको छ । कार्यपालिकाको बैठेकमा भएको छलफलमा पर्यटन पथ मार्गमा पर्ने गुम्बा संरचना र आकर्षक बाटो लगायतको कार्यक्रम बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । डिपिआरको काम सम्पन्न भएपछि प्रदेश,संघ अन्यय निकायाबाट आर्थिक श्रोत जुटाउने लक्ष्य रहेका पनि बताए ।
गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको अभाव नहुने र स्थानीयको जीविकोपार्जनमा पनि प्रत्यक्ष रूपमा सहयोग पुग्ने भएकाले योजना अघि बढ्ने उनको भनाइ छ।
सिमकोट गाउँपालिका धार्मिक पर्यटनका हिसाबले पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाभित्र पर्यटकीय तथा धार्मिकस्थल हुँदाहुँदै पनि यससम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्दा यी क्षेत्रको विकास र विस्तार हुन नसकेको छैन ।