एमालेको ग्रासरुट अभियान : पहिलो चरण सकियो हुम्लामा

अर्जुन बोहरा

चैत ५,२०७९
सिमकोट । हिमाली जिल्ला हुम्लामा सातैवटा गाउँपालिकामा फागुन ५ गतेबाट शुरु भएको ग्रास रुट अभियानको पहिलो चरण सकिएको छ । अभियानका लागि हुम्लामा खटिएका केन्द्रिय तिन जनाको कमान्डको नेतृत्वको टोलीले अभियान सम्पन्न गरेको थिए।
एमालेको ग्रास रुट अभियानमा नेता तथा कार्यकर्ताको घर घर पुगेर पार्टी र नेताप्रतिको अपेक्षा बुझ्दै विकास निर्माणका कार्यमा एमाले सत्तामा हुँदा विनियोजन गरेको बजेट, त्यसको कार्यान्वयन तथा प्रगतिका बारेमा समेत अनुगमन निरीक्षण गरिएको छ ।
यसमा केन्द्रीय प्रतिनिधिले गतिविधिका बारेमा टिपोट गर्ने कार्यसमेत गर्नुभएको छ । यसका लागि जिल्लाबाट जिम्मेवार पदाधिकारी खटिनुुभएको छ ।
यसमा हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा तिन जना, तिन कमानमा बाँडेका थिए । जसमा केन्द्रबाट अभियानको टिममा दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका ताँजाकोट, अदानचुली र चङ्खेलीका लागि निरज आचार्य, खार्पुनाथ र सर्केगार्डका लागि डम्बरबहादुुर सिंह र सिमकोट र नाम्खा गाउँपालिकाका लागि लंकबहादुुर शाही केन्द्रीय प्रतिनिधि लगायतका नेताहरू सक्रिय लागेका थिए ।
अभियानको पहिलो चरणमा७वटै पालिका ४४वडा कमिटीगत बैठक र त्यस पछिका योजनाहरूका बारेमा छलफल भएको छ । अभियानबाट पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहमा पार्टी सदस्यहरूको वास्तविक तथ्याङ्क, उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी लिने योजना रहेका पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिनुभयो ।
पार्टीको आधारभूत पंक्ति पार्टीका आधारभूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित गराउने एमालेको अर्काे योजना रहेको सचिव बोहराले जानकारी दिनुभयो । स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तर विरोधको पहिचान र तिनको समाधानका ठोस विकल्पबारे कमिटीले सिफारिस गर्नेछन् । पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनेछ । स्थानीय तहका जनप्रतिनिधिहरुको भमिूका थप प्रभावकारी हुनेछ ।
पार्टीलाई जनसरोकारका विषय लगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सुझावहरू हासिल हुनेछन् । नेता र कार्यकर्ताबिच एवं पार्टी र जनताबिचको सम्बन्ध थप घनिष्ठ हुनेछ । अभियान पश्चात् पार्टीको प्रभाव विस्तार हुनेछ । पार्टी अनुशासित र एकताबद्ध हुनेछ र पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने सिमकोट गाउँपालिकको पार्टीका इन्चार्ज कमल बोहराले बताए ।
केन्द्रीय टोलीसँग जिल्लाका पदाधिकारीहरु र जिल्ला कमिटीका नेताहरुले जिम्मेवारी लिएका थिए । सोही जिम्मेवारी अनुसार अभियान अन्र्तगतको पहिलो चरणको तालिका अनुसारको कार्यक्रम सकिएको जिल्ला स्तरका नेता गोकुल बुढाले बताउनु भयो ।
जिल्ला कमिटीका सदस्यहरूको अभियान केन्द्रित जिम्मेवारी तोकिएको थियो भने जिल्ला सल्लाहकार परिषद्का सदस्यहरू, जिल्ला विभागका पदाधिकारी तथा सदस्यहरू र जिल्ला प्रतिनिधि परिषद्का सदस्यहरू सम्बन्धित वडाको अभियानमा सरिक भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस