विरुवा उत्पादन गर्दे डिभिजन वन हुम्लाको आफ्नै नर्सरी

चैत ४,२०७९
सिमकोट । डिभिजन वन कार्यालय हुम्लाले निशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । सिमकोट आफनै कार्यलय परिसरभित्र नर्सरी निर्माण गरिएको सहायक वन अधिकृत लोजंग शाहीले बताए ।
पाँच लाख १५हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना रहेको अधिकसत शाहीले बताए ।
अहिले नर्सरीमा धमाधम बिरुवा उत्पादन कार्य भईरहेको छ । तयार भएको बिरुवा जेठ÷असारमा बितरण गर्ने योजना रहेको उनले बताए । विरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ ।
जिल्लाभित्रै नर्सरीमा विरुवा उत्पादन भएपछि किशान लाई वितरण सहज हुने बताए ।
कार्यालयको आफ्नै हाताभित्र उत्पादन सुुरु गरिएका बिरुवामा ५लाख पाते सल्लो, १० हजार देवदार र ५ हजार जडीबुटीका लगायतका काठजन्य बिरुवा पनि त्यहाँ उत्पादन हुनेछन ।
वातावरण जोगाउन वन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको अधिकृत शाहीले बताए ।
नर्सरीमा तयार भएको विरुवा पाउनका लागि किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । संकलन भएको निवेदनबाट आवश्यकताका आधारमा कार्यालयले छनौट गरि
पहिरो गएको ठाउँमा बिरुवा लगाउने, सडक किसारमा हरियाली बनाउने योजना अनुसार निशुल्क बिरुवा बितरण गर्न नर्सरी स्थापना गरिए भएको छ ।