गाउँसभाबाट सर्केगाडले २ करोड रकम विनियोजन

चेैत,२,२०७९
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाले ११ औ गाउँसभाबाट ८९वटा ऐन, नियमावली, रणनिति, निर्देशिका र कार्यविधी पारित गरेको छ । कुरा प्रमुख प्रशासकीय अधिकृत नर रावतका अनुसार गाउँसभाको वन्दसत्रबाट गाउँपालिकालाई आवश्यक कानून पारित भएको बताए । गाउँसभाले आवश्यक कार्यक्रमको पनि रकम विनियोजित गरेको बताउनु भयो ।
सभाले पालिकाको प्रशासनीक भवनका लागि डिपिआर गर्न २० लाख, खेलकुद रंगशालाको डिपिआर निर्माणका लागि २० लाख, खाने पानी तथा जलस्रोतका लागि ४२ लाख, घिउसी विद्यालय निर्माणका लागि १२ लाख रकम सभाले विनियोजन गरेको छ ।
गाउँसभाले पुनि स्मृती प्रतिक्षालय निर्माणका लागि २ लाख ५० हजार, बाल विकास सहजकर्ता पारिश्रमिक १५ सय का दरले १४ लाख, स्वयम्भु आधारभूत विद्यालयलका लागि १० लाख, सलिसल्लादेखि तुम्च कुनासम्म ग्रामिण सडक मर्मत ३८ लाख, सर्केगाडदेखि सेलतडी ग्रामिण सडक मर्मतका लागि ८ लाख र गाउँपालिकाको प्रशाकीय भवन घेरबारका लागि ३० लाख रकम गरेर २ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।