सर्केगाडको ११ औ गाउँसभा : ८९ वटा ऐन, नियम, निति पारित

चैत २, २०७९
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाले ११ औ गाउँसभाबाट ८९वटा ऐन, नियमावली, रणनिति, निर्देशिका र कार्यविधी पारित गरेको छ ।
मंसिरमै हुनु पर्ने गाउँसभा काय ब्यस्तताले अलि ढिलो हुन पुगेको कुरा प्रमुख प्रससाकिय अधिकृत नर रावतले बताए ।गाउँपालिकाले गाउँसभाको वन्दसत्रबाट गाउँपालिकालाई आवश्यक कानून पारित भएको जानकारी दिएको छ । उहाँका अनुसार वन्दसभाले ८९ वटा महत्वपूर्ण नितिगत बिषयका ऐन, कानून, रणनिति, निर्देशिका, रणनिति र कार्यविधी पारित गरेकोबताए ।
प्रशासकीय अधिकृत रावतका अनुसार गाउँपालिकाको शिक्षा ऐन, संशोधन २०७९,सर्केगाड गाउँपालिका शिक्षा नियमावली २०७४,सर्केगाड गाउँपालिकाको सार्वजनिक सम्पतिको संरक्षण तथा व्यवस्थापन निर्देशका – २०७९, सर्केगाढ गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक – २०७९, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका – २०७९,सर्केगाड खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका – २०७९ पारित भएका छन् ।
यसैगरी सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकीय कार्यविधि, नियमित गर्ने ऐन २०७९, सर्केगाड गाउँपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि २०७९, सर्केगाड गाउँपालिकाको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि २०७९, वातावरणमैत्री स्थानीय शासन प्रा?प २०७९, सर्केगाड गाउँपालिकाको गाउँ प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, असाह असक्त गरिव तथा विपन्न वर्गका लागि निशुल्क स्वास्थ्य विमा गर्ने सम्वन्धि कार्यविधि २०७९, कार्य विधि तथा ऐन नियमावली सभाले पारित गरेका छन् ।
त्यसैगरी सर्केगाड गाउँपालिकाको स्थानीय पूर्वाधार मर्मतसम्भार कोष तथा कार्यसंचालन कार्यविधी – २०७९, सर्केगाड गाउँपालिका स्थानीय पुर्वाधार विकास आयोजना संचालन कार्यविधि– २०७९, यसैगरी सर्केगाढ गाउँपालिका वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना समेत पारित गरेको छ ।
उपाध्यक्ष कार्कीका अनुसार सभाले कार्य सञ्चालन निर्देशिका, समिति गठन र सञ्चालन सम्वब्धि कार्यविधि, सर्केगाड गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधि, बाल अधिकार संरक्षण तथा पर्वद्धन सम्बन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको उपभोक्ता समिमिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, सर्केगाड गाउँपालिका सामाजिक समावेशिकरण नीति, सर्केगाड गाउँपालिका विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधि, एकिकृत सम्पति कर व्यवस्थापन कार्यविधि, आकाष्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, सर्केगाड गाउँपालिकाको सञ्चालित कोषको आन्तरिक लेखा परिक्षण सम्वन्धि कार्यविधि पारित भएका छन् ।
गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले सर्केगाड गाउँपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्र, सर्केगाड गाउँपालिकाको आर्थिक कार्यविधि, नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन, गरिवि निवारणका लागि लघु उद्दम विकास कार्यक्रम (मेटपा) सञ्चालन कार्यविधि, सर्केगाड गाउँपालिकाको घर वाहल कर व्यवस्थपन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, न्ययिक समितिले उजुरीको कावरबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सर्वसम्मत रुपमा पारित गरिएको छ ।
उपाध्यक्ष चन्द्रसिंह कार्की मुक्तिले बजारीय हल्लाको पछि नलाग्न अनुरोध गर्दै सकारात्मक सोचको बिकास गरि मुस्कान सहितको सर्केगाडबासी बनौं र ऐन, नियाम, कार्याबिधी बनाउदा बिज्ञ टोलीसंग राहसल्लाह लिएको जिकिर गरे।
समग्र सर्केगाडको हित, उन्नति र विकासका निम्ति सधैं आफू चिन्तित रहेको र सर्केगडको आर्थिक, सामाजिक र सँस्कृतिक दिगोपन ल्याउन संघ संस्था र सरकारको हरेक अङ्गमा घचघच्याउने अनि सर्केगाडको समृद्धि र विकासको मोडेल चाडैं प्रस्तुत गर्ने अध्यक्ष ठान बहादुर रोकायाले प्रतिवद्धता गरे । उनले थपे सर्केगाड सम्भावनाको सरोबर हो । सर्केगाडलाइ बदल्न सकिन्छ मात्र धैर्य र सकारात्मक सोचको आवश्यक रहेको बताए । यो सर्केगाडबासिको विकास र समृद्धिको शिरोधार्य हामीबाटै हुन्छ, बताए ।
११ औं गाउँसभामा ८९ ऐन नियाम, कार्याबिधी, निर्देसिका तथा नियमावली २०७९ सर्बसमित पारित भएको छ।