एउटै योजना दुई वटा उपभोक्ता समिति

फिल्को मिसन

फागुन २८,२०७९
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा एउटै योजनाका लागि दुई वटा उपभोक्ता समिति गठन भएको पाइएको छ। आफ्ना– आफ्नो अनूकुलको व्यक्तीलाई उपभोक्ता समितिमा राख्ने गलत मनसायले सिमकोट गाउँपालिका–७डाँडाफयाको जबुका गाउँको गोठीपोरीदेखि माल ढुङ्गासम्म घेरबार योजनाको दुई वटा उपभोक्ता समिति गठन गरि सम्झौता गरेको पाइएको छ ।
गाउँपालिकाले दुई महिनाको अन्तरालमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।
गाउँपालिकाले उक्त घेरबारका नाममा विनियोजित गरेको ५ लाखको सो योजनाका लागि मङ्सिर महिनामा प्रकाश बहादुर सिंहको अध्यक्ष रहका उपभोक्ता समिति र माघ महिनामा धनकला सिंह अध्यक्षतामा अर्को उपभोक्ता समिति गठन भएको पाइएको छ। योजनाको उपभोक्ता समिति गठन, सम्झौता लगायतका प्रकृयाका लागि सिमकोट गाउँपालिका योजना शाँखाले पत्राचार गरेको थियो।
विवाद भए सम्झौता भएको उपभोक्ता समितिलाई विवाद समाधान नगरी काम अगाडी नबढाउन पत्र काट्नुपर्नेमा त्यसो नगरी अर्को सम्झौता गर्नु नियमविपरीत भएको बताए ।
पछिल्लो सम्झौताका लागि वडा अध्यक्षले सिफारिस नगरेको भए पनि मङ्सिरमा भएको सम्झौताका लागि दिएको सिफारिस नै धनकला सिंहसँग भएको सम्झौतामा नै राखिएको छ।
योजना शाखा जिम्मेवार रहेको बताउँदै पहिले सम्झौता भएको समितिसँग निर्माण कार्य अगाडि बढाउनुपर्ने पाईएको छ।योजना शाखा जिम्मेवार रहेको बताउँदै पहिले सम्झौता भएको समितिसँग निर्माण कार्य अगाडि बढाउनुपर्ने पाईएको छ।
पछिल्लो समितिले खाली उपभोक्ता समिति मात्र नयाँ बनाएको र अरू वडा सिफारिस प्राविधिक इष्टिमेट सबै पहिलेकै समितिको राखेर नयाँ सम्झौता गरेको बताए । यसमा जिम्मेवार कर्मचारीहरूको कमजोरी रहेको देखिएको छ । उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने र लाभ लिने प्रबृत्ति नौलो होईन। एउटै योजनामा दुई–दुई वटा उपभोक्ता समिति गठन गर्नुको भित्रि आसय पनि अशल देखिन्न। ‘राजनैतिक आस्थाका हिसावले उपभोक्ता समिति गठन गर्दा दुई वटा उपभोक्ता समिति बन्न पुगेको हो,’ श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस