सिमकोटको शैक्षिक प्रोफाइल

फिल्को मिसन

फाल्गुन २८, २०७९
हुम्ला । शिक्षा क्षेत्रमा सुधारका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रको शैक्षिक प्रोफाइल तयार गरी प्रकाशन गरेको छ ।पालिकाको समग्र शिक्षा क्षेत्रको यथार्थ विवरण सार्वजनिक गरी विकास गर्न शैक्षिक प्रोफाइल तयार गरेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
प्रोफाइल निर्माणपछि गाउँपालिकाको शिक्षाको अवस्थाबारे जोकोहीले सहजै जान्न र बुझ्न सहज हुने पालिकाको विश्वास रहेको छ ।
प्रोफाइलमा आधारभूत र माध्यमिक तहका विद्यालय, छात्रछात्रा संख्या, भौतिक पूर्वाधारको अवस्था, शिक्षक–विद्यार्थी अनुपात, शिक्षक संख्या, महिला र समावेशी शिक्षक संख्या, विद्यालय व्यवस्थापन समितिमा सहभागिता आदि विषयलाई समेटेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
दिवा खाजा, छात्रवृत्ति पाउने विद्यार्थीको संख्या, खेल मैदान, घेराबारको अवस्था पनि प्रोफाइलमा समेटिएको छ । शिक्षा क्षेत्रका उपलब्धि, समस्यालाई पनि प्रोफाइलमा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस