स्ववियु निर्वाचनःहुम्लामा तीन विद्यार्थी संगठन बीच एकल उम्मेदवारी दर्ता

फिल्को मिसन

फागुन २७२७९ शनिवार
सिमकोट  । हुम्लाको मानसरोवर बहुुमुुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि तीन विद्यार्थी संगठन बीच एकल उम्मेदवारी दर्ता गरेका छन्। देशभरका आंगिक र सामुदायिक क्याम्पसहरुमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ
स्ववियुु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युुनियन (अनेरास्ववियुु) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युुनियन (क्रान्तिकारी) संयुक्त रुपमा पद बाँडफाँड गर्दै एकल उम्मेदवारी दर्ता गराएको क्याम्पस प्रमुुख दीपक भण्डारीले बताए।
उनका अनुुसार तीन वटै विद्यार्थी संगठनबाट स्ववियुु सभापतिमा नेपाल विद्यार्थी संघका नरेन्द्र भण्डारी,सचिवमा अनेरास्ववियुु ( क्रान्तिकारी ) शिवराज फडेरा,कोषाध्यक्षमा अनेरास्ववियुुमा धनबहादुुर भण्डारीको उम्मेदवारी परेको छ। समानुुपातिकतर्फको उपसभापतिमा भने अनेरास्ववियुु (क्रान्तिकारी) का निस्मा बोहराको एकल उम्मेदवारी परेको छ।
त्यसैगरी, स–सचिवमा अनेरास्ववियुुका चिन बोहराको उम्मेदवारी परेको छ। खुला र समानुुपातिक सदस्यका लागि तीन वटै संगठनमध्ये नेविसंघबाट ४ जना र अनेरास्ववियुु र अनेरास्ववियुु क्रान्तिकारीबाट तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ।
उम्मेदवारी एकल परे पनि दावी–विरोधको कार्यक्रम फागुुन २८ र २९ गतेसम्म भएको कारण ३० गते मात्र औपचारिक रुपमा स्ववियुु पदाधिकारी निर्वाचित भएको घोषणा गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस