तिन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

फिल्को मिसन

फागुन २४,२०७९
सिमकोट । सामुदायिक रेडियो श्रीनगरको आयोजना तिन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
हुम्लाको दक्षिण क्षेत्रमा रहेको सामुदायिक रेडियो श्रीनगर एफएमकोे आयोजना गरेको आधारभुत तालिम बुधबार सम्पन्न भएको हो ।
तालिमको औपचारिक समापन समारोहमा बोल्दै अदनचुली गाउँपालिका उपध्यक्ष कर्ण रोकायाले दुर्गम गाउँ लाई लक्षित गरि पत्रकारीता तालिमा प्राथमिकतामा राखेर तालिम आयोजना गरिएकोमा आफु खुसी लागेको बताउदै समाजको बास्तविकतालाई उठान गरी सूसुचित वातारण निमार्ण गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुने बताए ।
नेकपा एमाले गाउँकमिटि इन्चार्ज बुद्ध भण्डारीले समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । उनले समाजमा हुने बिकृति लाई सुधार गरी सभ्य समाज निमार्ण गर्न पत्रकारको योगदान गरेको पनि बताए ।
तिन दिनसम्म सञ्चालन भएको तालिममा पूर्व नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा न्यूनत पारिश्रमिक निर्धारण समिति सदस्य नवराज महतारा,पूर्व पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष रमेश ऐडी र रेडियो श्रीनगर एफएमका स्टेशन म्यानेजर कालि बहादुर थापाले प्रशिक्षण गराउनु भएको थियो । तालिमले पत्रकारिता प्रति जिम्मेवार बन्नका लागि आफुहरुले महत्वपूर्ण सिकाई प्राप्त गरेको र समग्रमा तालिम उपलब्धिमुलक रहेको एक सहभागीहरुले बताए ।
फागुन २२ गते सोमबारबाट सुरु भएको तालिममा हुम्ला र मुगु जिल्लाका गरी २७ जनाको सहभागीता रहेको तालिम संयोजक तथा रेडियो श्रीनगर एफएमक हुम्लाका स्टेशन म्यानेजर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस