जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

फिल्को मिसन

फागुन २३,२०७९
हुम्ला । अदानचुली गाउँपालिका–६को कालागाढको शेरमा सडक दुर्घटनामा एक जनाको घाइते भएका छन् ।
बिहान अन्दाजी १०बजेको समयमा जिप र मोटरसाइकल एकाआपसमा ठोक्किँदा अदानचुली गाउँपालिका–५करकाइमा बस्ने ३०वर्षीय नरेन्द्र शाही घाईते भएको श्रीनगर प्रहरी चौकीले जनाकारी दिएको छ ।
कालागाढ तिर जाँदै गरेको नम्ख नखुलेको मोटर साइकल र विपरीत दिशाबाट आउँदै गरेको जिपसँग ठोक्किएको प्रहरीको भनाइ छ ।
घाईते शाहीको खुट्टा हात र टाउकोमा चोट लागेको छ । दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि श्रीनगर स्थास्थ्य चौकीमा लगिएका र घाईते शाहीको उपचार भइरहेको स्थानीय राम वुढाले बताए । वलोरो जिप र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस