श्रीनगर डिपोमा अमिलो चामल भेटिएपछि २७ कुइन्ट नष्ट

फागुन २४,२०७९
सिमकोट, हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदनचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको चामल अमिलो भेटिएपछि २७ कुइन्टल ९० केजी नष्ट गरेकोे छ ।
गत दुई वर्ष अघि देखी थन्क्याएर राखीएको खाद्यय संस्थानको चामल श्रीनगर खाद्य संस्थानको डिपोमा गत २बर्ष देखि थन्कीएर राखेको२७ क्विन्टल ९० केजी चामल अमिलो भेडिएपछि जिल्ला खाद्य संस्थान हुम्लाले तत्काल गाडेर नष्ट गरेको छ ।
चामलको गुणस्तर चेकजाँच गर्दा चामल बिग्रीएको पत्ता लगाए पछि अघिल्लो बर्ष देखी थन्क्याएर राखीएको चामल श्रीनगर खाद्य डिपो नजिकै खाडल खनेर गाडीएको छ । खाद्य जिल्ला खाद्य संस्थानबाट नबिन आचार्य, श्रीनगरमा रहेको प्रहरी चौकी,स्थानीय जनप्रतिनिधि रहोबरमा नष्ट गरीएको छ ।
त्यती बेलै देखी अमिलो चामल गाड्न खोजीए पनि केन्द्रबाट गाड्ने आदेश नआए पछि ढिलाइ भएको र यती बेला गाड्ने आदेश आएकाले गाडिएको जिल्ला खाद्य संस्थानका कर्मचारी नबिन कुमार आचार्यको बताए ।
सुरक्षित भण्डारणको अभावमा कुहिएको अमिहलो चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न गरेको बताए अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्हाउने भएको स्थानीयले बताए । उक्त चामल ठेकदार नन्द महतारा र टोपनारायण चालीसेले ढुवानी गरी ल्याइएको करिब १ सय कुइन्टल चामल कुहिएर थन्क्याइएको थियो ।