हराएका एक जना वालक आफन्तको जिम्मा

फिल्को मिसन

फागुन २१,२०७९ आइतबार
हुम्ला । हुम्लाको खार्पुनाथ गाँउपालिका १ लालि गाउँबाट हराएका एक जना वालक प्रहरीले फेला पारेको छ । खार्पुनाथ गाउँपालिकाको वडा नम्वर १ लाली गाउँ बाट विहीबार बेपत्ता भएका एक जना बालकलाई अस्थायी प्रहरी पोष्ट तुम्चाले फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भटराइले बताए ।गत फागुन १६ गतेदेखि आफ्नै घरबाट वेपत्ता भएको भन्दै बाललक प्रहरीकै सक्रियातामा फागुन १९ गते अस्थायी प्रहरी पोष्ट तुम्चले फेला पारेको थियो । लाली गाउँबाट हराएका १३ बर्षका कबिन्द्र दमाई आजै आफन्तको जिम्मा लगाइएको हुम्ला प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएका बालक खोजीगर्ने क्रममा प्रहरी फेला परेको बालकलाई अस्थायी प्रहरी पोष्ट तुम्चाले जिल्ला प्रहरी कार्यालय लाई जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय हुम्लाले आइतबार परिवारको जिम्मा लगाएको छ।
आफ्नै घरबाट कोही कसैलाई कुनै जानकारी नगराई हराई बेपत्ता भएको भनि बेपता बालकको बुबा भ्याले दमाइले प्रहरीमा खोजी दिन आग्राह गरेको थिए । त्यस पछि जिल्ला प्रहरी कार्यालय मातहातका चौकी लाई वेपता बालको खोजी गर्न निदेर्शन भए पश्चात तत्काल यस कार्यलयका मातहत इकाईहरु बाट बालक खोजी गर्न प्रहरी परिचालन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले फेला परेको १३ वर्षिय बालकलाई जिल्ला प्रहरी कार्यलयको सामाजिक संजाल फेसवुक फेजमा अभिभावकको जिम्मा लगाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस