पशु हत्या निषेध क्षेत्र उतरी हुम्लाको नाम्खा

फागुन २०,२०७९
हुम्ला । बौद्धधर्मलम्बी बाहुल्यात भएको हुम्लाको उतरी नाम्खा गाउँपालिकामा पशु हत्या निषेध गरिएको छ ।
याल्वाङ गुम्बाको गुरु पेमा रिक्साले अति प्राचीन बौद्ध संस्कृति र पार्यवरण भएकोले जंगली पशुपक्षि र घरपालवा जनवारकोकैसैले हत्या नर्गन आग्रह गरीसकेपछि २० बर्ष जति वितेको छ ।
बौद्धधर्मलम्बी गाउँहरुमा अहिंसा त्यस क्षेत्रभित्र हिंसाजन्य काम नगर्ने प्रवचन दिएका छन । कुनै पनि जीव–जनावर काटमार नगर्ने,शिकार नखेल्ने, डढेलो नलगाउने र मासुको प्रयोजनका लागि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने वाचा सहित गुरु पेमा रिक्लासले प्रवचन दिदै आएका छन ।
नाम्खा गाउँपालिका भरिसबै वडामा कुनै काटमार हुँदैन । यो गाउँ भनेको अहिंसा क्षेत्र हो । वन्यजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । त्यसैले यो गाउँपालिकाको लिमी लाप्चा लगायतका क्षेत्र प्रत्यक्ष चिडिया खानको सङ्ग्राहलय जस्तै देख्न सकिन्छ । याल्वाङ गाउँमा जब गुरु पेमा रिक्साले धार्मिक स्कुल स्थापान गरे पछि धेरै वर्षदेखि अहिंसा क्षेत्र रहि आएको छ ।
गूरु पेमारिक्साल र सबै धार्मिक विश्वास गर्नेहरु विच अहिंसात्मक परम्परालाई पालन गर्ने गराउने, आफ्नो धर्मकर्ममा लाग्ने गरेको याल्वाङ गुम्बाका पदम लामाले बताए ।
धर्मको संकट परेमा सुरक्षित क्षेत्रको रुपमा लिएको छ । बुद्ध धर्मका गुरुले पनि सो क्षेत्रलाई हिडन, लुकेर रहेको अनौठो स्थानको रुपमा लिएको छ । बुद्ध धर्ममा संकट आएका बेला सबैभन्दा सुरक्षित आश्रय स्थानको रुपमा लिनु पर्ने बताए ।
चिनीको तिब्बतको कैलाश मानसरवर सँगै जोडिएको उत्तर क्षेत्रमा पर्ने अति प्राचीन बौद्ध संस्कृति भएको आधारक्षेत्र मानिएको छ । नाम्खा गाउँपालिका सबै वडामा कहिल्यै पनि मारकाट गरिँदैन । त्यस क्षेत्रभित्र हिंसाजन्य नगर्ने स्थानीयले प्रतिवद्धता जनाएका छन् । धार्मिक विश्वास अनुसार त्यहाँका बौद्धधमीहरुले कुनै पनि जीव–जनावर काटमार नगर्ने,शिकार नखेल्ने,डढेलो नलगाउने र मासुको प्रयोजनका लागि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने गुरुले प्रवचन दिएका छन ।
त्यस्तै काम दिन नसक्ने गरी बुढो भएपछि पनि कुनै जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिको हातमा नबेच्ने जनाइएको छ । नाम्खा गाँउपालिमा घुम्न जाने बाहिर मानिसहरु पनि मासु खान पाउँदैनन्,किनभने होटलहरु र घरमा सबै गाउँका शाकाहारी मात्रै बनेका छन् । यो गाउँपालिकामा वुद्धको पञ्चशीलको मान्यता अनुशरण गरिएको छ । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी,गुम्बा, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व बोकेको परम्परा छ ।उक्त क्षेत्रको जंङ्गलमा झारल, घोरल, कस्तुरी मृग, हिंमचितुवा,बनघोडा,बनचौरी, कालिज, डाँफे र फ्याउ मुसा,बाँदर जस्ता जिवजन्तु पाइन्छ । खुल्ला चिडियाखानाको रुपमा समेत चिनिएको नाम्खा गाउँपालिाका लिमी क्षेत्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन् । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन् । यहाका स्थानियले दुध, दही, घ्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन् । आफुले पालेको पशु अन्य कसैलाई मारकाटको लागि बिक्रि गर्दैनन् ।