प्रकोप पीडितलाई राहत वितरण

फागुन १९,२०७९
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाले प्रकोप पीडितलाई राहत वितरण गरेको छ। गएको साउन महिना देखियता प्राकृतिक प्रकोप आगलागी, पहिरो र खोलामा बगेर मृत्यु भएका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरिएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीबताए।
चंखेली गाउँपालिकाले प्रकोपडिति लाई आर्थिक सहयोग गर्ने निणर्य अनुसार प्रकोप पीडित परिवारलाई ८लाखा रुपैयाँ सहयोग गरेको हो।
बाढी पहिरोमा घर पुरिएर ४ जना सदस्य गुमाएका वडा नम्बर ६ को देउच्या कामीको परिवारलाई २ लाख ५० हजार, त्यसै गरि आगलागीबाट पुर्ण रुपमा घर क्षति भएका वडा नम्बर ४ का कर्णबहादुुर शाहीलाई २ लाख, आगलागी पीडित वडा नम्बर ४ कै जयबहादुुर शाहीलाई ३ लाख, खोलामा बगेर मृत्यु भएका वडा नम्बर २ का कालीबहादुुर शाहीको परिवारलाई क्रियाखर्च २५ हजार र भीरबाट लडेर मृत्यु भएका वडा नम्बर ३ का कालीबहादुुर शाहीलाई ३० हजार नगद सहयोग गरिएको छ ।