हुम्ला पनि मनाइयो विश्व वन्यजन्तु दिवस (फोटोफिचर)

फागुन १९,२०७९ शुक्रबार
सिमकोट। आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाएको छ । हुम्ला सदरमुकाम सिमकोटमा पनि विश्व वन्यजन्तु दिवस मनाएको हो । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
हिमाली जिल्ला हुम्लामा पनि पाईने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरेको हो । कार्यक्रममा तेस्रो धुर्व संरक्षण अन्तरगत उकाली परियोजनाले फागुन १२ गते (मार्च–३) मा विश्व वन्यजन्तु दिवस मनाएको परियोजनाको अधिकृत अविनाश लामाले बताए ।
अवैध रूपमा चोरी शिकारी बढ्दै गएकोले यसलाई न्युनिकरण कम गर्न उद्देश्य रहेको परियोजनाको अधिकृत लामाको भनाई छ । हुम्लाका तीन वटा सिमकोट, नाम्खा, चंखेली गाउँपालिकामा यो परियोजना लागू भएको अधिकृत लामाले बताए ।
पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको बताए ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले जीवजन्तुको संरक्षणका लागि हामी सम्पुणको मह्रत्वपूर्ण भूमिका निर्वाह बताए । उनले प्राकृति सम्पदाको संरक्षणका लागि आम हुम्लीबासीको सकरात्मक सोचको विकास भएमा मात्र चोरी सिकार नियन्त्रण गर्न सकिने बताउनु भयो ।
पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पहिलो चुनौती भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडैले बताए । वन्यजन्तु चोरी सिकारीलाई पूर्णरूपले प्रतिबन्ध लगाउनुको साथै,वन विनास र आगलागी नियन्त्रण,विशेष संरक्षित क्षेत्र घोषणा र कडा नियम पालन गर्ने अवस्था र्सिजना गरिनु पर्ने बताएका छन ।
वन्यजन्तु संरक्षणको आवश्यकता महत्व बारे प्रभावकारी सिकाई र विद्यालयमा स्तरबाट जनचेतनामूलक कार्यक्रम संचालन गरिनु पर्दछ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । तर, यसलाई नबुझ्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्को बोल्ने वक्ताहरुले बताए ।
जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न सम्बन्धित निकायाले चासो राख्नु पर्ने बताए । वन्यजन्तु संरक्षण वातावरण संरक्षण र अनुसन्धान पहिलो प्रथामिकता रहेको बताइएको छ । आज तेस्रो ध्रुव संरक्षणको आयोजनामा विश्वास वन्यजन्तु संरक्षण दिवस अबसरमा सिमकोट माथिल्लो बजारको विजय होटल हुँदै मानसरवर होटलमा कोण सभा गरि भव्य रुपमा कार्याक्रम सम्पन्न भएको छ ।