मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक

अर्जुन बोहरा

फागुन १८ २०७९, बिहीबार
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली अद्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हुम्ला जिल्लामा ५८ वटा मतादान केन्द्रबा ३२हजार ८सय ५७ मतसंख्या रहेको थियो । अहिले सम्म हुम्लामा ३२हजार९सय ८५ मतसंख्या रहेको छ । पछि जिल्लामा १ सय २८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निमित अधिकारी श्याम कुमार रानाले बताउनुभयो ।
यही फागुन २२ देखि जिल्लाका सबै गाउँपालिकए अन्तर्गतका वडा कार्यालयहरू र जिल्ला निर्वाचन कार्यालय हुम्लामा २०८० साल वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको नामावली प्रकाशन हुने तथा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्युको नाम हटाउने र दाबी विरोध गर्ने प्रयोजनका लागि २०७९ फागुन २३ गते देखि २५ गतेसम्म निवेदन दिन सकिने र मृत्युको हकमा भने थप एक दिन यही फागुन २६ गतेसम्म निवेदन दिन सकिने जिल्ला निर्वाचन अधिकारी रानाले जानकारी दिनुभयो ।
त्यस्तै, निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर तथा विद्युतीय सामाग्री मार्फत निर्वाचन कार्यालयको वेभ साइटमा रहेको अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन अधिकारी रानाले बताउनुभयो । २०७९ फागुन २२ देखि वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालय हुम्लाले २०८० वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको नामावली प्रकाशन गरिएको निमित अधिकारी रानाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राजनीतिक दलहरूले समयमै सबै नागरिकहरूको मतदाता नामावलीमा विवरण भरेर फोटो खिचाउन तथा मृत्यु भएका व्यक्तिहरूको नामावली हटाउन सहयोग गर्न अनुरोध गर्नु भयो । नयाँ नाम दर्ताका लागि अनलाइन मार्फत विभिन्न विवरणहरू भरे पछि आयोगले दिएको मितिमा आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सकिनेछ । हुम्लामा जिल्लाको नागरिक वा नेपालका ७७ वटै जिल्लाका नागरिकहरूले आफू बसेकै स्थानबाट फाराम भरेर फोटो खिचाउन सकिने व्यवस्था आयोगले गरेको छ ।
उपस्थित सबै सरोकारावालले नागरिकहरूलाई सहज बनाउने उद्देश्यले निर्वाचन आयोगले तयारी गरेको अनलाइन कार्यक्रम प्रभावकारी हुने बताए । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षता अन्तक्रिया कार्याक्रम संचालन भएकोे थियो ।कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरू र संचारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस