हुम्लामा विश्व वन्यजन्तु दिवस मनाउने तयारी

फागुन १७,२०७९
हुम्ला । हुम्लाको सिमकोटमा विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । हिमाली जिल्ला हुम्लामा पनि पाईने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने तयारी गरेको हो ।
बुधबार पत्रकार भेटघाट कार्यक्रममा तेस्रो धुर्व संरक्षण अन्तरगत उकाली परियोजनाले फागुन १२ गते (मार्च–३ ) मा विश्व वन्यजन्तु दिवस मनाउने तयारी गरेको परियोजनाको अधिकृत अविनाश लामाले बताए ।
अवैध रूपमा चोरी शिकारी बढ्दै गएकोले यसलाई न्युनिकरण कम गर्न उद्देश्य रहेको परियोजनाको अधिकृत लामाको भनाई छ । हुम्लाका तीन वटा सिमकोट, नाम्खा, चंखेली गाउँपालिकामा यो परियोजना लागू भएको अधिकृत लामाले बताए ।
पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको बताए ।
आहाराको खोजीमा वन्य जन्तु मानव बस्ती नजिकै आउन थालेका छन । हुम्लामा दुर्लभ प्रजातिका धेरै जीवजन्तु मध्ये एक हिमचितुवाको बास हुम्लामा छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु जरुरी रहेको लामाले बताए ।
परियोजना लागू भएका गाउँपालिका नाम्खा गाउँपालिका–६को लिमि सुनखानी आधारभुत विद्यालयदेखि सिमकोट गाउँपालिका–१÷२ को रामदेव माध्यमिक विद्यालय ठेहेका विद्यालयहरू विश्व वन्यजन्तु दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न परियोजनाले जनाएको छ ।
उकाली परियोजनाले वन्यजन्तु संरक्षण मात्रै नभई समाजमा न्यून आर्यश्रोत भएका नागरिकलाइ जीविकोपार्जन कार्यक्रम संचालन गर्ने बताए ।
अधिकृत लामाले जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न सम्बन्धित निकायाले चासो राख्नु पर्ने बताए । वन्यजन्तु संरक्षण वातावरण संरक्षण र अनुसन्धान पहिलो प्रथामिकता रहेको बताइएको छ ।