लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

फागुन १५,२०७९ सोमबार
हुम्ला ।सामुदायिक प्रहरी साझेदारी तथा प्रहरी.चौकीेले ताँजाकोट छप्ररेलामा घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी जनचेताना कार्यालयम आयोजना गरेको छ ।
ताँजकोट गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अजबिर खत्रीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिस्ट अतिथि छप्ररेला प्रहरी चौकीका प्र.ना.नि. रैमान सिंह ऐरी,स्थानीय जनप्रतिनिधि, लगायत स्थानिय महिलाहरुको उपस्थिती रहेको थियो ।
लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम हुम्लाको ताँजकोट गाउँपालिका वडा नं २ स्थित प्रहरी चौंकीको छप्ररेलामा सम्पन्न भएको छ । लैङ्गिक हिंसा तथा घरेलु हिंसा अन्त्य गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । ताँजकोट गाउँपालिकामा महिला हिंसा अन्त्य गर्न प्रहरी गस्तीको आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
पछिल्लो समयमा ताँजकोट गाउँपालिकामा चोरी, डकैती जस्ता अपराधजन्य क्रियाकलापहरु नहुनको लागि यो कार्यक्रम आयोजना गरिएको बताए
महिला हिंसा तथा सुर्ती जन्य पदार्थको अन्त्य गर्न गाउँपािलकाले सचेतनामुलक कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको स्थानियबासी बताएका छन ।