किसानलाई १७ हजार फलफूलको बिरुवा वितरण

फागुन १५,२०७९ सोमबार
हुम्ला । हुम्लाको सिमकोेट गाउँपालिकाकाले स्थानीय कृषकलाई १७ हजार फलफूलका बिरुवा वितरण गरेको छ ।
गाउँपालिकाले स्याउका १० हजार बिरुवार र७ हजार ओखरको बिरुवा वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख नेत्र शाहीले जानकारी दिए ।
किसानले उत्पादन गरेका स्याउ तथा ओखरका बिरुवा खरिद गरेर किसानलाई नै वितरण गरेको कृषि शाखा प्रमुखशाहीले बताए । स्याउ तथा ओखरका बिरुवा उत्पादनमा गाउँपालिकाका किसानलाई आत्मनिर्भर बनाउको लागि पनि यो कार्यक्रमा ल्याएको पनि बताए ।
सिमकोट गाउँँपालिका भित्रैका कृषकबाट ६ हजार स्याउका बिरुवा र ४ हजार ओखरका विरुवा र बाँकी खरिद भएको र बाँकी अन्य गाउँपालिका बाट खरिद भएको शाही जानकारी दिए ।
कृषको कम्तीमा ३ रोपनी र बढीमा एक हेक्टर जमिनमा ३० देखि ३सय बिरुवा लगाउने किसानलाई मात्र ती बिरुवा दिइने छ । किसानलाई बिरुवा उत्पादनमा हौसला बढाउनको लागि यो कायक्रम संचालन भएको पनि कृषि शाँखा प्रमुख शाही जानकारी दिनु भयो । किसानले स्याउमा प्रतिबोट १० रुपैयाँ ओखरमा १५रुपैयाँका दरले खरिद गनुै पर्छ । त्यसका लागि सिमकोट गाउँपाकिलाले ड लाख बजेट खर्च गरेको छ।
गाउँपालिकाको वडानं–१ देखि ८सम्मका किसानहरुलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले जानकारी दिए । त्यस्तै सबैवडाका किसानहरु लार्ई भेडा बाख्रापालको पटके क्षेत्रको रुपमा विस्तार गरिने अध्यक्ष भण्डारीको भनाइ छ ।
अध्यक्ष भण्डारीले भने‘ गाउँपालिकामा भौतिक निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीसँगै विविध क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाको भूगोलको आधारमा विभिन्न खालका पटके क्षेत्र छुट्याएर नतिजामुखी काममा ल्याउने प्रयास गरिरहेकोे छ । यसले स्थानीय कृषको आर्थिक विकासमा टेवा पुराउने आफु आशावादी छौँ । यसले भविष्यमा किसान आयस्रोतमा जोड्ने प्रयास गर्ने छौ ।’
गाउँपालिकाले कृषिमा लाग्ने कृषकलाई प्रोत्साहन गर्न आर्थिक तथा प्राविधिक सहयोगसँगै साना सिँचाई,ग्रिनहाउस प्लाष्टिक निर्माण लगायतका काम पनि गर्दै आएको शाखाले जनाएको छ ।