जिल्लाको शान्ति सुरक्षा र सुशासन उच्च प्राथमिकतामा : प्रजिअ पौडेल

फागुन १०,२०७९
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लाको शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिने बताएका छन् । केही दिनअघि जिल्ला प्रशासन कार्यालय पर्वतबाट सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पौडेले जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय हुम्लामा पत्रकारसंँगको भेटघाटक्रममा प्रमुख जिल्ला अधिकारी पौडेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए । नेपालमा सडक नपुगेको जिल्ला हुम्ला भएकोले पनि जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पौडेलले विश्वास व्यक्त गरे ।
विगतमा विभिन्न मन्त्रालय हुँदै गृह मन्त्रालय लगायतको प्रशासनको अनुभव दखल भएर काम जिम्मेवारी समेत सम्हालेका प्रमुख जिल्ला अधिकारी पौडेले जिल्लाको आवश्यकता र कामको प्राथमिकता समेत वुझेका छन् ।
जिल्लावासीको हकहितका लागि आफू सधै लागि पर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेले हुम्ली लाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो सोच रहेको वताए । “मेरो पहिलो प्राथमिकता भनेको जिल्लाको शान्ति सुरक्षा कायम गर्ने हो र सँंगै जिल्लाको सुशासनको पाटोलाई पनि मैले प्राथमिकतामा राखेर काम गर्नुछ,” प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।”
हुम्लीबासीको विकासी योजना, सुरक्षाका सवाल, जिल्लामा अति आवश्यक पर्ने विधुत, सडक, सञ्चार, खानेपानी, हवाई उद्धार, खाद्यान्न, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।
सवारीसाधनमा हवाईजहाज,हेलिकोप्टर,आन्तिरक तथा बाहय संचालन गाडी भाडा एकरुप्ता, सडक निर्माण कार्यलाई तिव्रता, बजार अनुगमनदेखि लिएर सरसफाई लगायतका थुप्रै विषयलाई उठान गर्ने विश्वास दिलाउनु भयो ।
हुम्लाका पत्रकारहरूसँग बुधबार आयोजना गरिएको भेटघाट कार्याक्रममा पर्यटनको लागि हुम्ला उपयुक्त भएकाले यस ठाउँको सरसफाइ, सौन्दर्यीकरण व्यवस्थापनका लागि संघ,प्रदेश र स्तानिय तह सहितका निकायसँग सहकार्य गर्ने बताउनुभयो ।
उहाँले कैलाश गेट वए भएकोले धार्मिक पर्यटकीय हुम्लामा भएकाले पर्यटक आउने मार्गहरूलाई व्यवस्थित बनाउनका लागि सरोकारो निकाया संग सहकार्य गरेर काम गर्ने गरी आफू अगाडी बढ्ने पनि बताए । उहाँले पत्रकारहरूसँग आफू निरन्तर रुपमा नै सहकार्य गर्ने पनि बताउनुभयो ।