हुम्लाका ईन्सेक प्रतिनिधी सिंह कर्णाली प्रदेशकै उत्कृष्ट

फागुन ७,२०७९
सिमकोट । ईन्सेक प्रतिनिधी नन्द सिंह उत्कृष्ट जिल्ला प्रतिनिधिले पुरुस्कृत हुनुभएको छ ।
जिल्लाबाट मानव अधिकार उल्लङघन र ज्यातीका घटना अभिलेखमा उत्कृष्ट गरेको भन्दै हुम्ला जिल्लाका ईन्सेक प्रतिनिधी सिंहे पुरुस्कृत हुनुभएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२३ को अवसरमा सिंहलाई उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित गरि पुरुस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाका सचिव एवम रेडियो कर्णाली आवजका संमाचार संयोजक तथा इन्सेक प्रतिनिधि सिहंलाई कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनीधि घोषणा गरेको हो ।
कर्णाली प्रदेशकै १० जिल्लाबाट महत्वपुर्ण रुपमा इन्सेकमा अभिलेख तथा तथ्याँङ पुराएकोले यस वर्षको कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि छनौट भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए ।