जग्गा छ, लालपुर्जा छैन् मासपुर गाउँमा

फिल्को मिसन

फागनु ६,२०७९
सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–३ को मासपुर गाउँका बस्तीमा पुस्तौंदेखि जग्गा छ । आफनो स्वामित्व लालपुर्जा छैन ।
मासपुर गाउँका स्थानीयले अझै लालपुर्जा पाउन नसकेको खुलासा गरेका छन । ०५४ सालमा जग्गा नापी गरे पनि उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा परेको छैन।
मासपुगाउँका स्थानीय पुस्तौंदेखि बसोबास गरिआएको जग्गाको स्वामित्व अधिकाँस परिवारसँग छैन। जग्गा आफ्नो नाममा नहुँदा यी भूमिहीनले विभिन्न आर्थिक, सामाजिक समस्या परेको छ । मासपुरका बासिन्दाले आफनो जग्गा नापी भएको २८ वर्षसम्म देखि अझै आफ्नो हातमा लालपुर्जा पाउन सकेका छैनन् ।
उपभोग गरिरहेको आफ्नो स्वामित्वोको जग्गा कुनै प्रमाण नभएका कारण जग्गा आफ्नो भए पनि कानुनी रूपमा दाबी गर्न नमिल्ने रहेको दलविर बुढाले बताए ।
नापी भएको जग्गाको लालपुर्जा मालपोत कार्यालय सिमकोटमा भएकोले ६० बर्ष जेष्ठनागरिकले आफनो नाममा भएको जग्गाको लालपुर्जा लिन नसक्ने अबस्था भएको बुढाले बताउनु भयो । मालपोत कार्यालयमा जान ५दिन लाग्ने भएकोले अधिकाँस मासपुरबासिले लालपुर्जा नलिएको उक्त गाउँका वडासदस्य धनबिरे रोकायाले बताए ।
जग्गाधनी वृद्ध, महिला र अपांगता भएका कारण अहिले सम्म सदरमुकाम सिमकोट पुुगेकैछैनन् । मालपोत कार्यालयमा हुम्लाले गाउँमै गएर लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउन कार्यालय र गाउँपालिकालाई अनुरोध गरेको ताँजकोट गाउँपालिका–३का वडासदस्य रोकायाले अनुरोध गर्नुभयो ।
गाउँवासीमध्ये दुुई जनाको हातमा मात्र लालपुर्जा छ भने बाँकी अरु गाउँले लालपुर्जाबिनाका जग्गाधनी बनेका छन्। लालपुर्जा नभएकै कारण मासपुरवासी सरकारले दिने अनुदानका कार्यक्रम बन्चित हुनु परेको वडा सदस्य रोकायाले बताए । जग्गाको किनबेच गर्नुपर्ने अवस्था आएपछि व्यावहारिक रुपमै बिक्री गर्ने गरिएको छ।
मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले मासपुरवासीको कार्यालयको लिखतमा जग्गा नापी भएको देखिए पनि एक जनाबाहेक अन्य कुनैले लालपुर्जा नलिएको बताए। कार्यालयको मोठ र श्रेस्ता नापी भएकै बेलाको भए पनि लालपुर्जा लिन कोही नआएकाले मासपुरवासी जग्गाको प्रमाणविहीन देखिएका हुन्।
मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ। ०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको मालपोत कार्यालय हुम्लाले जनाएको छ। गएको चैतमा १२ घरधुरीलाई लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले बताएको छ । दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अधिकाँसले अहिले सम्म लालपुर्जा लिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस